Headlines News :
Home » » बंगलादेशको आतंककारी आक्रमणमा अमेरिकाबाट छुट्टी लिएर बंगलादेश पुगेकी नेपाली महिला तारिषी मारिए

बंगलादेशको आतंककारी आक्रमणमा अमेरिकाबाट छुट्टी लिएर बंगलादेश पुगेकी नेपाली महिला तारिषी मारिए

Written By news on Sunday, 3 July 2016 | 05:36


काठमाडौं –
  बङ्गलादेशको ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आत्मघाती आक्रमणमा परी मृत्यु भएका २० विदेशी नागरिकमध्ये मारिएकी भारतीय किशोरी अमेरिकाको कलेजबाट छुट्टी लिएर आमाबुवा भेट्न बंगलादेश पुगेको बताइएको छ ।
खाना खान रेष्टुरेन्टमा जाँदा उनको आतंककारी हमला परी मृत्यु भएको हो ।

१९ वर्षीया तारिषी जैन विगत केही महिनादेखि खुट्टामा भएको घाउका कारण तनावमा रहेकी उनका आफन्तले बताएका छन् । ‘उनको खुट्टामा भएको घाउ फेरी बल्झिएका कारण उनलाई हिँड्न समस्या हुन्थ्यो, ’ एक आफन्तले बताए ।

शिरिष जैन, ४५, नयाँ दिल्लीमा बस्ने तारिषीका भाइ भन्छन्, ‘जब मैले उनको मृत्युको खबर बिहानै पाएँ तब मेरो मनमा चसक्क यो कुरा बिझ्यो कि ‘बिचरी, दौडिन नसकेरै मर्नुपर्यो । उनलाई पछिल्लो समय घाउले निकै दुख दिइरहेको थियो ।’

स्रोतका अनुसार अमेरिकाको बर्केलेमा अवस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा उनी इकोनोमिक्स पढिरहेकी थिइन् । उनको परिवार सिंगापुरबाट ढाकामा केही वर्ष अघि सरेको थियो । त्यहाँ उनको बुवाको गार्मेन्ट उद्योगका साथै निर्यात व्यवसाय छ ।

केही महिना अघि परिवारिक भेटघाटमा आफ्नो अमेरिका बसाईं बारे तारिषीले निकै रमाउँदै

कुरा गरेको जैनले बताए । उनी अन्तर्राष्ट्रिय विद्यार्थी संघको सदस्यसमेत रहेको उनले जानकारी दिए ।

‘उनी निकै फुर्तिली किशोरी थिइन् । उनको उद्देश्य निकै ठूलो थियो,’ शिरिष जैनले बताए, ‘उनीहरु भारत आउँदा हामी सबैजनाले सँगै खाना खाएका थियौं । उनी निकै खुसी थिइन् ।’

बंगलादेशी सैनिकले ६ आतंककारीलाई मारेको छ भने एकलाई पक्राउ गरेको छ । आतंककारीले धेरेजसोको हत्या घाँटी रेटेर गरेका थिए ।

अन्तिम पटक बुवालाई फोन गर्दै भनिन्, ‘बुवा उनीहरुले हामीलाई मार्नेछन्’

तारिषीले रातको करिब साढे एक बजे आफ्नो बुवा र काकालाई फोन गरेर त्यहाँको स्थितीबारे जानकारी दिएको बताइएको छ ।

तारिषीले आफ्ना काकालाई त्यहाँ फायरिङ चलिरहेको र चारैतर्फ हो–हल्ला मच्चिएको जानकारी दिएकी थिइन् । त्यस रात तारिषीले भारतको फिरोजाबादमा आफ्नो काकालाई फोन गरेकी थिइन् । खबरका अनुसार, उनले भनेकी थिइन्, ‘हेलो काका, म यहाँ साथीहरुसँग रेष्टुरेन्ट आएकी थिएँ जहाँ आतंककारीले हमला गरेका छन् । यहाँ चारैतिर मानिसहरु चिच्याइरहेको आवाज आइरहेको छ, गोली चलिरहेको छ । थाहा छैन के गरुँ, कता जाउँ । ’

अबेर राती तारिषीले आफ्नो बुवा संजीव जैनलाई पनि फोन गरेको खबरमा उल्लेख छ । स्रोतलाई मान्ने हो भने, उनी आफ्ना साथीहरुसँगै ट्वाइलेटमा लुकिरहेकी थिइन् र बुवालाई फोन गरेर बाहिर फायरिंग चलिरहेको र आतंककारीले उनीहरुलाई पनि मारिदिने बताएकी थिइन् ।

आर्मीभन्दा पहिले आइएसआइले बताए, ‘हामीले २० विदेशी मार्यौं’
बंगलादेशको आर्माीले मृतकको बारेमा केही जानकारी दिनु पहिले आइएसको न्यूज एजेन्सी अमालले रेष्टुरेन्ट भित्रको फोटो सार्वजनिक गरी २० मानिसहरुको हत्या गरेको दाबी गरे ।

प्रत्यक्षदर्शी के भन्छन् ?
शुक्रबार राती करिब ८ः४५ मा थुप्रै हतियारधारी ‘अल्लाह –हू– अक्बर’ भन्दै रेष्टुरेन्टमा घुसे । चीफ सेफसहित सबैलाई बन्धक बनाइयो । रेष्टुरेन्टका मालिक सुमन रजा भने त्यहाँबाट भाग्न सफल भए । त्यहाँ ९ आतंककारी थिए । उनीहरु तीनवटा समूह बनाएर भित्र पसे । पुलिसर र र्यापिड एक्सन बटालियनले रेष्टुरेन्टलाई घेरे । सेक्युरिटी फोर्स र हमाला गर्ने व्यक्ति बिच फायरिङ सुरु भयो ।

यही क्याफेमा हमला किन ?
जुन क्याफेमा हमला भयो त्यो क्याफे विदेशी, कुटनीतिज्ञ र मध्यमवर्गीय परिवारबीच निकै चर्चित छ ।

विदेशीलाई बन्धक बनाएको यो पहिलो घटना
बंगलादेशमा बीबीसीका पूर्व संवाददात अनबरासन एथिराजनका अनुसार बंगलादेशमा आतंककारीद्वारा बन्धक बनाइएको यो पहिलो घटना हो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger