Headlines News :
Home » » यी हुन् मोजा लगाएर सुत्नुका फाइदा...

यी हुन् मोजा लगाएर सुत्नुका फाइदा...

Written By news on Saturday, 2 July 2016 | 22:33


हामीहरु सुत्ने बेलामा मोजा खोल्छौं । तर मोजा लगाएर सुत्नुको फाइदा पनि छ । मोजा लगाएर सुत्नुको अर्थ हो, खुट्टाको हेरविचार गर्नु । के–के छन् फाइदा ?


खुट्टा फुट्दैन
मोजा लगाएर सुत्नुको सबैभन्दा ठूलो फाइदा कुर्कुच्चा नफुट्नु हो । यसबाट खुट्टा नरम हुन्छ । बिहान उठ्नेबित्तिकै खुट्टा सुख्खा हुन्छ । त्यसैले सुख्खा हुनबाट बचाउन पनि मोजा लगाउनुपर्छ ।
खुट्टामा न्यानोपन कायम रहन्छ ।

अधिकांश मानिसको खुट्टा सुतेपछि चिसो हुन्छ । यस्तो समस्या छ भने मोजा लगाएर सुत्यो भने खुट्टा न्यानो रहन्छ ।

पसीना आउँदैंन
धेरै मानिसहरु खुट्टामा पसिना आउने समस्याबाट पीडित हुन्छन् । यस्तो स्थितिलाई हाइपरहाइडोसिस भनिन्छ । यस्तो छ भने मोजा लगाएर सुत्नु फाइदाजनक हुन्छ ।

इन्फेक्सनबाट बचाउँछ
मोजा लगाएर सुत्नाले खुट्टा फोहोर र ब्याक्टेरियाबाट मुक्त रहन्छ । यसबाट खुट्टामा विभिन्न खालका संक्रमण हुनबाट बच्न सकिन्छ ।

खुट्टाको समस्या निको हुन्छ
खुट्टामा शरीरको पूरै भार पर्छ । यसका कारण यो अंगमा विभिन्न समस्या पनि निम्तन सक्छन् । सानो लापरवाहीले पनि  गम्भीर समस्या निम्तन सक्छ । त्यसैले खुट्टाका यस्ता समस्याबाट बच्न पनि मोजा उपयुक्तहुन्छ । स्वास्थ्य खबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger