|
|
रसिया—सन् २०१५ को डिसेम्बरमा पूर्वी रसियाको सफारी पार्कमा रहेको एउटा बाघलाई आहाराका लागि बाख्रा छोडियो । हरेक दुई हप्तामा एउटा भेडा, खरायो तथा बाख्रा छोड्ने तालिकाअनुसार त्यस समय बाख्रा छोडिएको थियो ।
पार्कका कर्मचारीहरु २–४ दिनमा पार्कको अवलोकनका लागि जाँदा देखेको एउटा दृश्यले उनीहरुलाई अचम्मित पा¥यो । केही दिनअघि त्यस स्थानमा बाघको आहाराका लागि छोडिएको बाख्रा जीवित थियो । भोको बाघ उक्त बाख्रासँग खेलिरहेको थियो । तर बाघले बाख्रा खाएको थिएन ।
कारण यी दुई जन्तु एक अर्काका साथीमा परिणत भइसकेका थिए । अमुर नाम गरेको बाघ र टिमोर नाम गरेको बाख्राको दोस्ती दुनियाँमा अचम्मको उदाहरण बनेको छ ।
उनीहरु सँगै सुत्ने, खेल्ने र सँगै बस्ने गरेका थिए । बाख्रा र बाघ अमुर र टिमोरबीच मनमुटाव हुँदा कहिलेकाहिँ टिमोर अमुरलाई एक्लै छाडेर हिड्ने गर्दथ्यो । तर अमुरले गर्जिंदै बोलाउँथ्यो र टिमोर फर्कने गर्दथ्यो ।
अमुर र टिमोरको दोस्ती थाहा पाएपछि पार्क घुम्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । उनीहरुको खुशी र आपसी सद्भाव देखेर पर्यटकहरु अचम्मित हुने गरेका थिए । पार्कले पनि उनीहरुको त्यो दोस्ती छुटाउने प्रयास नै गरेको थिएन ।
कतिपय मानिसहरु उनीहरुको सम्बन्धको उदहारण मानव जीवनमा लागु गर्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरुको फेसबुक र इन्स्टाग्राम एकाउण्ट पनि छ, जसमा पार्क ब्यवस्थापनले फोटो तथा भिडियो अपलोड गर्ने गरेको छ ।
उनीहरु ५ महिना बढी यसरी सँगै बसे । तर दुःखको कुरा उनीहरु बीच झगडा परेको छ र उनीहरु छुट्टिएका छन् । उनीहरुको सम्बन्धमा तिक्तता आएपछि उनीहरुलाई पार्क प्रशासनले छुट्टयाएको छ । उनीहरु पार्कमा झगडा गर्न थालेपछि उनीहरुलाई छुट्टयाइएको हो ।
टिमोरलाई अहिले रुसको राजधानी मस्को लगिएको छ । टिमोरले मस्कोमा नयाँ साथी बनाउन सुरु गरिसकेको बताइएको छ ।
|
|
Post a Comment