Headlines News :
Home » » गौरी मल्लले जापानकै एक वृद्धसँग विवाह गरेको खुलासा (जापान काण्डको नालिबेली)

गौरी मल्लले जापानकै एक वृद्धसँग विवाह गरेको खुलासा (जापान काण्डको नालिबेली)

Written By news on Thursday, 7 July 2016 | 23:11


जापानी कम्पनीहरुलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको ‘इको स्प्रे’ कम्पनिले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफू गौरीको सुपरफ्यान भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न पुलको काम गर्ने रहर भएको बताएका थिए ।

जापान बस्ने नेपालीले आफ्नो प्रशंसासहित मोडलिङको अवसर प्रदान गर्ने इच्छा ब्यक्त गरेको देखेर गौरीलाई खुसी नलाग्ने कुरै थिएन । तैपनि सुरुमा उनले अनुजको विश्वास गरेकी थिइनन्, तर दुई लाख रुपैयाँसहित प्लेन टिकटसमेत पठाइसकेपछि भने गौरीलाई विश्वास गर्न कर लाग्यो । लामो समय जापान बसेका कारण त्यहाँ गौरीका केही व्यक्तिगत काम पनि थिए । बुझिएअनुसार गौरीले जापान जानुअघि अनुजसँग दुईवटा सर्त राखेकी थिइन् ।

पहिलो सर्त थियो, ‘म जापानमा पहिले पनि लामो समय बसेका कारण धेरै चिनजान छ । काम नसकुन्जेल म जापान आएको कसैलाई थाहा नहोस् । म जापान आएको थाहा पाएपछि धेरै मान्छेसँग भेटघाट गर्नुपर्छ जसले गर्दा काम राम्रोसँग गर्न सकिँदैन ।’उनको दोस्रो सर्त थियो ‘म शाकाहारी भएका कारण त्यसअनुरुप खानपान एवं ध्यान योग गर्ने वातावरण बनाइदिनुपर्छ ।’

सुरुमा अनुजले यी दुवै सर्त पूर्ण रुपमा पालना गर्ने वचन दिएका थिए । त्यसका लागि अनुजले आफ्नै घरको एउटा कोठामा बस्ने–खाने व्यवस्था गरे, तर गौरी जापान आएकै दिन आफ्नो घरमा गौरीको खानपानको तस्बिर फेसबुकमा पोस्ट गरिदिए ।पहिलो दिन नै पहिलो सर्तको उल्लंघन भएपछि गौरी र अनुजबीच भनाभन भयो । यही कुराले सुरु गरेको तनाव तब चरममा पुग्यो जापानमा अनुजलाई चिन्नेहरुले गौरीको कान भर्न थाले भने गौरीलाई चिन्नेहरुले अनुजको कान भर्न थाले ।

अनुजले भने– ‘हामीले आफ्ना कुरालाई भन्दा अरुको कुरालाई महत्व दियौं । फेसबुकमा तस्बिर पोस्ट गरेर मैले एउटा गल्ती गरको थिएँ , गौरीको बारेमा मैले चिन्दै नचिनेका जापानी तथा नेपालीहरुले नकारात्मक कुरा गरेपछि म थप गल्ती गर्न पुगेँ ।’ शुद्ध शाकाहारी खाना र त्यहीअनुरुपको वातावरण मिलाउने सर्तमा गौरीलाई बोलाएका अनुजले गौरीको बारेमा नकारात्मक कुरा सुनेपछि घरमा मांसाहारी खानेकुरा मात्र ल्याउन थाले ।

‘जापानमा शाकाहारी खाना पाइँदैन । बजारमा जे पाइन्छ, त्यही ल्याउने हो नि तर उहाँ खाना नखाई उठ्न थाल्नुभयो । घरमा झगडा हुँदैनथ्यो तर काममा जाँदा भने हामीबीच झगडा पर्न थाल्यो । उहाँले पनि मुख छाड्न थाल्नुभयो,केही पनि कन्ट्रोलमा भएनँ ।’ कुराकानीमा अनुजले घटनामा बढेको तिक्तताका सम्बन्धमा बताए । जसोतसो एउटा विज्ञापनको काम सकिएपछि गौरीले दश दिनपछि अनुजको घर छाडिन् । उनलाई जापानी प्रधानमन्त्रीसँग भेट्टाइदिने र अर्को कम्पनीको सिइओसँग मिटिङ गराउने योजना थियो, तर गौरीले ती दुवै अवसर मोह त्याग्दै अनुजको घर छाडिदिइन् ।

बुझिएअनुसार अनुजको घरमा एक्लै बस्दा गौरीले आफूलाई असुुरक्षित महसुस गर्न थालेकी थिइन् । ‘उहाँ मेरो घरबाछ क्यामेरा लिएर हिँड्नु भयो । खोजी गर्दा उहाँ आफ्नो श्रीमान् को घर जानुभएको रहेछ ।’ अनुजका अनुसार गौरी मल्लले जापानमा रहँदा जापानमा स्थायी बसोबासका लागी एक जापानी नागरिकसँग विवाह गरेकी थिइन् ।

सुरुमा जापानी श्रीमानसँग भेट्न नचाहेकी गौरीले आफूलाई नेपालबाटै असुरक्षित महसुस गरेपछि पचनजानका जापानी व्यक्तिसँग भेटेकी थिइन् । ‘त्यसपछि आफ्नो जापानी श्रीमान् लिएर आएपछि मात्र मसँग गौरीजीले भेट गर्नुभयो । जापानी प्रधानमन्त्रीसँगको भेट र अन्य काम क्यान्सिल भयो । नेपालमा मलाई कसरी हेर्छन् मलाई थाहा छैन तर जापानमा मेरो आफ्नै खालको मित्रता एवं सम्पर्क छ, गौरीजीले त्यो सबै ध्वस्त बनाइदिनुभयो ।

यहि आक्रोशमा मैले अपशब्द बोले , जसलाई गौरीजीले यौन हिंसाको रुपमा लिनुभयो । जबकी उहाँलाई पहिलोपल्ट स्वागत गर्दा र अर्को एकपल्ट मैले खुसीले प्रेमपूर्वक अँगालो मात्र मारेको छु, कुनै गलत काम गरेको छैन ।’ अनुज भन्छन् । जापानी पति भनिएका एक वृद्ध व्यक्तिलाई लिएर गौरी अनुज कहाँ पुगेपछि भने उनीहरुबीच कलह भयो, तर फेसबुक पेजमा गौरीविरुद्ध विषबमन गर्न नछाडेपछि भने गौरी यौन हिंसाको मुद्दा हाल्न बाध्य भएको बताइन्छ । मुद्दाको विषयमा जापानी दुतावासले अनुजसँग सोधपुछ गरेर माफी मगाएपछि भने यो प्रकरण बिस्तारै सेलाउन थालेको खबर साप्ताहिकमा छापिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger