Headlines News :
Home » » अनौठो रेष्टुरेन्ट, जहाँ बाँदरले खाना पस्किन्छ..

अनौठो रेष्टुरेन्ट, जहाँ बाँदरले खाना पस्किन्छ..

Written By news on Monday, 18 July 2016 | 21:57



July 19, 2016
विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने विश्वास गरिन्छ । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ । जान सम्भव भएन भने पनि यो समाचार पढ्दा नै आश्यचर्यजनक तथ्य थाहा पाउनुहुनेछ । काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ वेटरको काम बाँदरले गर्दछ । बाँदर वेटरले केवल मेनू देखाउने मात्र होइन खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्नेसम्मको काम गर्दछ ।

  बाँदरले पनि आम वेटरले जस्तै कपडा लगाउँछन् । मानिसहरु खानाको स्वादले भन्दा पनि वेटर बाँदर हेर्नको मज्जाले धेरै यो रेष्टुराँमा छिर्दछन् ।  रेष्टुराँका मालिकका अनुसार घरमा पालेको बाँदरले आफ्नो देखासिकी गरेर काम गर्न थालेपछि उनलाई बाँदरलाई वेटर बनाउने आइडिया फुुरेको रहेछ । येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् । एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल टकार्छ । अनि पाहुना कुर्सीमा बसेसँगै एउटा मेनू लिएर आउँछ र अर्डर लिन्छ । अर्कोले चाहीँ अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्दछ । जापानी कानून अनुसार जनावरलाई २  घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger