Headlines News :
Home » » गाईले बाली खाएको झोँकमा महिलालाई नांगै पारेर औँला काटियो..

गाईले बाली खाएको झोँकमा महिलालाई नांगै पारेर औँला काटियो..

Written By news on Monday, 18 July 2016 | 21:53


July 19, 2016

गाइवस्तुले पनि कहिलेकाहीँ ठूलै लफडा निम्त्याइदिन्छन् भन्या । गुरुप्रसाद मैनालीको छिमेकी कथा देखि लील बहादुर क्षेत्रको बसाइँ उपन्यासमा समेत वस्तुभाउले अर्काको बालीनाली खाइदिँदा कस्तो फसाद पर्छ ? भन्ने यथार्थ हामीले पढेकै छौँ । सायद गाउँमा हुर्किएर गाईवस्तु चराउन गएको अनुभव भएकाहरु अाफैले पनि भोग्नुभएको होला यो कुरा । हालै भारतमा एउटा गाईका कारण एक जना किसान महिलालाई नांगै पारेर औँला काटिएको छ । पश्चिम बंगालको मालदा जिल्लामा यो घटना भएको छ । नाम नखुलाईएकी एक महिला किसानले गत शनिवार बेलुकी आफ्नो गाईलाई छिमेकी हारुन शेखको खेत नजिकै लगेर बाँधेकी थिइन् ।

 रातमा गाईले दाम्लो चुँडाएर हारुनको खेतमा छिर्यो र खेतमा रहेको बाली खाइदियो । गाईले बाली खाइदिएपछि रिसले आगो भएका हारुनले अरु साथीहरु समेत लिएर गाईलाई कुटपिट गरे । गाईका दुबै खुट्टा भाँचे । आफ्नो गाईलाई निर्ममता पूर्वक पिटेको देखेपछि गाई मालिक्नी महिलाले हारुन र उसका साथीहरुलाई रोक्ने कोसिस गरिन् । तर हारुन र उसका साथीहरुले उल्टै ती महिलालाई निर्वस्त्र पारेर कुटपिट गर्न सुरु गरे । पछि उनीहरुले ती महिलाको औँला समेत काटिदिए । आमालाई बचाउन आएको ती महिलाको छोरालाई पनि टाउकोमा गहिरो चोट लाग्ने गरी कुटे । पछि गाउँलेहरुले ती महिला र उनका छोरालाई उद्धार गरे । हारुन र उसका साथीहरु भागेर फरार भएपछि उनीहरु विरुद्ध स्थानीय पुलिस चौकीमा उजुरी दिइएको छ । महिला र उनका छोराको अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger