Headlines News :
Home » » हेर्नुहोस तपाइको आजको राशिफल ,वि.सं. २०७३ साल साउन १६ गते आइतबार, जुलाई ३१ तारिख।

हेर्नुहोस तपाइको आजको राशिफल ,वि.सं. २०७३ साल साउन १६ गते आइतबार, जुलाई ३१ तारिख।

Written By news on Saturday, 30 July 2016 | 21:30



मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Aries नयाँ काम प्रारम्भ हुने समय छ।दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। विभिन्न उपहार प्राप्त हुने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

 बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusलगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्न सक्छन्। वादविवादले आँटेका काममा बाधा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। विभिन्न अवसर आए पनि द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। मेहनत गर्दा बिस्तारै काम बन्नेछन्।

 मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiठूलो फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। जमघटले अलमल बढाउन सक्छ। खानपानको सोखले केही समस्या निम्त्याए पनि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। आफ्ना लागि धेरैले सहयोग जुटाउनेछन्। नाम, दाम तथा इनाम प्राप्त हुन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerअरूको सिको गर्न खोज्दा समस्यामा परिएला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आकस्मिक खर्चले सताउन सक्छ। होसियारीसाथ काम लिनुहोला।

 सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoपछिसम्म फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि लाभ हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने पहिलेका समस्या समाधान हुनेछन्। व्यापारमा मनग्य फाइदा हुनेछ। आम्दानी बढ्नाले भौतिक साधनहरू जुटाउन सकिनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।

 कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoमेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। पुरुषार्थी कामले धेरै प्रभावित हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सञ्चित सम्पत्तिको प्रयोगबाट पनि लाभ मिल्नेछ। नोकरीमा ख्याति र व्यापारमा मनग्य फाइदा हुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraश्रमपूर्वक समर्पित हुँदा पनि अरूको तुलनामा पछि परिएला। कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा नैराश्य बढ्न सक्छ। बाध्यताले पनि खिन्न तुल्याउन सक्छ। मेहनत र गोपनीयतामा ध्यान पुर्याउनुहोला, बिस्तारै उपलब्धि हातलागी हुनेछ।

 बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। वादविवादले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। लेनदेनमा हानि तथा विवाद हुन सक्छ।

 धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusव्यापार–व्यवसायमा लाभ हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। दाम्पत्य सुखमा मन रमाउनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यवसायले यात्रा गराउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ भौतिक साधन जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। अध्ययनमा प्रगति हुनेछ।

 मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornमेहनत गर्दा चिताएका काम बन्नेछन्। पहिले रोकिएका कामले उत्साह जाजगाउला। अवरोध पन्छाउँदै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू किनारा लाग्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने चेष्टा गर्लान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

 कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusसमयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। प्रयत्न गरेको काम ढिलो मात्र सम्पादन होला। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। मेहनत गर्दा सन्तानका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ।

 मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger