Headlines News :
Home » » एक महिला आफ्नै भान्जा संगको प्रेममा अन्धो भएपछि ....पुरा पढौ !!

एक महिला आफ्नै भान्जा संगको प्रेममा अन्धो भएपछि ....पुरा पढौ !!

Written By news on Saturday, 30 July 2016 | 06:15


एजेन्सी ।
भनिन्छ प्रेम अन्धो हुन्छ तर, यहाँ एक महिला आफ्ना भान्जाको प्रेममा यति अन्धी बनिन कि उनले आम मानवीय सम्बन्धलाई थोरै पनि ख्याल गरिनन् । जून पुरुषसँग उनले जन्मौं जन्मसम्म जिउने मर्ने कसम आएकी थिईन् उसैलाई मृत्युको चितामा पुर्‍याएकी छिन् ।

घटना भारतको राजस्‍‌थान प्रदेशको राजधानी जयपुर स्थित बरकत नगरको हो । ३५ वर्षीय महिलाले कथित आफ्ना प्रेमी भान्जासँग मिलेर आफ्नै पति राकेश सैनीको हत्या गरेकी छिन् । घटनाको जानकारी पाएपछि पुलिसले आरोपी महिला र उनका प्रेमीलाई गिरफ्तार गरेको छ । आरोपी महिलाको उनका भान्जाबीच प्रेम सम्बन्ध चलिरहेको थियो यति मात्रै होइन् प्रेमको उत्कर्षमा पुगेर महिलाले आफ्ना प्रेमीसँग अवैध शारीरिक सम्बन्ध पनि राखिन् । महिलाका पति राकेशलाई आफ्नी पत्‍नी र भान्जाबीच बढिरहेको सम्बन्धका बारेमा थाहा थियो । उनलाई प‌त्‍नीले अवैध शारीरिक सम्बन्ध राखेको कुरा पनि थाहा थियो । टाइम्स अफ इंडियाका अनुसार, आरोपी महिलाका पति राकेशलाई जब उनीहरुको सम्बन्धका बारेमा थाहा भयो तब पत्निलाई कुटपिट गर्न थाले जसबाट आजित भएर ती महिलाले आफ्ना प्रेमीसँग मिलेर राकेशलाई मार्ने योजना बनाए । र त्यसपछि उनको हत्या गरिदिए । पुलिसका अनुसार, हत्यापछि महिलाले पुलिसलाई फोन गरिन र भनिन् कि- मेरा पतिलाई अज्ञात समुहले हमला गरी हत्या गरेका छन् ।

 महिलाको सूचना केही बेरमा पुलिस घटनास्थल पुग्यो । त्यसपछि प्रहरीको विशेष जांच दलले हत्‍या भएको ठाउँको तलासी लियो । जयपुरका डिप्टी पुलिस कमिश्नर राष्ट्रदीप कंवरका अनुसार फोनमा पति-पत्नीमाथि हमला भएको भनिएको थियो तर, महिलाको शरीरमा कुनै चोट देखिएन् । त्यसपछि प्रहरीले घटनामा थप रहस्य लुकेको भन्दै गहिरो अनुसन्धान थाल्यो । गहिरो अनुसन्धानको सुरुवात प्रहरीले महिलालाई केही प्रश्न सोधेर गर्‍यो । तर, महिलाले स्पष्टसँग जवाफ दिन सकिनन् । त्यसपछि प्रहरीलाई झनै शंका भयो । त्यसपछि पुलिसले महिलाको घरको तलाशी लियो । तलासीका क्रममा थाहा भयो की जुन कोठामा राकेशको हत्या गरिएको थियो त्यहाँ केही रगतका धब्बाहरु थिए ।

 जसलाई पोछा लगाएर सफा गरिएको थियो । त्यसपछि महिलासँग प्रहरीले कडा सोधपुछ गरेपछि उनले घटनाको सबै पोल खोलिन । महिलाले बताएअनुसार उनले आफ्ना भान्जासँग मिलेर पति राकेशको घाटी रेटेकी थिईन् जसकारण खूनका छीटा दुबैको शरीरमा लागेको थियो तर, उनीहरुले हत्यापछि आफ्नो शरीरलाई धोएर रगत पखालेका थिए । त्यसपछि महिलाले आफ्ना भान्जालाई घर छोडेर भाग्न पठाइन् । महिलाबाट पाएको जानकारीका अधारमा पुलिसले छापा मारेर उनका प्रेमी पवनलाई पनि गिरफ्तार गर्‍यो । अब माइजू र भाञ्जालाई ज्यान मार्ने उद्योगमा कम्पतीमा २० वर्ष जेल सजाय हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger