|
|
काठमाडौं, साउन ३ : प्रहरीले ललितपुरको कुमारीपाटीस्थित किष्ट पोलिकिल्निकमा एक नर्सको रहस्मय मृत्यु भएपछि दुई जनालाई पक्राउ गरेको छ ।
नर्स निमा डोल्मा लामाको गत असार २८ गते रहस्मय मृत्यु भएको थियो । २८ गते कोठामा झुण्डिएको अवस्थामा भेटिएको भनिएकी डोल्माको मृत्यु रहस्यमय देखिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको खबर डिसीनेपालले लेखेको छ ।
नर्सको हत्या आरोपमा पोलिकिल्निकमै कार्यरत उमेश कुमार शाह र अर्का एक देवकुमार शाहलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिएका छन् ।
एसएसपी अधिकारीले पक्राउ परेकाहरुले लामाले झुण्डिएर आत्माहत्याको प्रयास गर्दा आफुहरुले देखेपछि अस्पताल लगेको भन्ने बयान दिए पनि उनीहरुले नजिकैको अस्पताल नलगेर महारजगञ्जस्थित टिचिङ पुर्याएको देखिएको बताउँदै त्यसमाथि पनि उनीहरुले घटनाको बारेमा प्रहरीलाई पनि समयमै जानकारी नगराएको जनाएका छन् ।
शव टिचिङ पुगे पछि त्यहाँका प्रहरीले ललितपुर प्रहरीलाई खबर गरेपछि मात्रै उक्तघटना सार्वजनिक भएको थियो । मृतकका आफन्तले पनि सिराहका उमेश शाह र देवकुमार शाहले नै डोल्माको हत्या गरेको किटानि जाहेरी दिएका छन् ।
प्रहरीले उमेशलाई २८ गते नै पक्राउ गरेको थियो भने शाहलाई गत शनिबार पक्राउ गरेको हो । प्रहरीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकाले प्रहरीले हत्या वा आत्महत्याबारे निर्क्यौल गर्न सकेको छैन
|
|
Post a Comment