Headlines News :
Home » » किन एचआईभी परीक्षण गर्दा बेलायती राजकुमार ह्यारी नर्भस भए ? पढ्नुहोस

किन एचआईभी परीक्षण गर्दा बेलायती राजकुमार ह्यारी नर्भस भए ? पढ्नुहोस

Written By news on Monday, 18 July 2016 | 05:19


साउन ३, एजेन्सी ।
 विश्वको सम्पूर्ण समुदाय प्रति एक उदारहणीय बन्दै बेलायती राजकुमार ह्यारीले एचआईभी परीक्षण गरेका छन् । एचआईभी परीक्षण कति सजिलो छ र यसबारे सर्बसाधरणमा देखिएका भ्रम अन्त्य गर्न उनले एचआईभी परीक्षण गरेका हुन । ३१ वर्षीय राजकुमारको लन्डनस्थित बरेल स्ट्रिट यौन स्वास्थ्य केन्द्रमा भएको हो । परीक्षणको नतिजा एक मिनेटमा नै पाएका थिए । परीक्षणको परिणाम नेगेटिभ आएको थियो । ‘यति चाँडो परीक्षण हुँदो रहेछ, निकै अचम्म लाग्यो,’ उनले भने ।

रगत परीक्षण गर्दा आफू नर्भस भएको उनले बताए । ‘आम सर्वसाधरण जस्तै रक्त परीक्षणको नतिजालाई लिएर केही क्षण त निकै डर लाग्यो,’, उनले डर लागेको कुरा खुलासा गरे । एचआईभी परीक्षणबारे अझै पनि भ्रम देखिएको भन्दै त्यस्तो भ्रम हटाउन रगत परीक्षण गरिएको उनले बताए । ‘तपाईं पुरुष, महिला, समलिंगी, गोरो वा अश्वेत जो सुकै भए पनि एचआईभी परीक्षण गर्नुपर्छ, ’ आफ्नो परीक्षणबारे जानाकारी राख्न ढीलाई गर्न नहुने राजकुमारको भनाई थियो । ह्यारीले गरेको रक्त परिक्षणको भिडियो हेर्नुहोस -

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger