|
|
असार १९ , राजविराज –
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौंबाट कैद पाएर सात वर्षदेखि फरार डाढा–८ का नथुनीप्रसाद यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरी डाढा–८ का ६० वर्षीय यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । यादवविरुद्ध विसं २०६६ भदौ ८ गते अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको छ । रासस
|
|
Post a Comment