|
|
काठमाडौं –
सत्तारुढ दल कै नेताहरुलाई प्रहरीले पक्राउँ गरेपछि जनकपुरमा तनाव उत्पन्न भएको छ । माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली कांग्रेस, फोरमका नेता तथा कार्यकर्ताहरु जनकपुरको रजौलमा रहेको जनता माविको व्यवस्थापन समिति गठन सम्वन्धीको विषयलाई लिएर शनिवार बेलुका आपसमा भिडन्त गरेका थिए ।
समितिका बर्तमान अध्यक्ष एंव नेपाली कांग्रेसका नेता रामवरण पासवानको घरमा फोरम र माओवादी केन्द्र समर्थित कार्यकर्ताले आक्रमण गरेपछि उनिहरुलाई प्रहरीले पक्राउँ गरेको थियो । माओवादी केन्द्रका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका नेता श्रीराम साह, संघिय समाजवादी फोरम नेपालका रामसुखित यादव लगायतलाई प्रहरीले पक्राउँ गरेपछि उनिहरुका कार्यकर्ताले जनकपुरमा चक्काजाम गरेका छन् ।
उनिहरुले सडकमा टायर बालेर नारावाजीसहित आफ्ना नेतालाई विना शर्त रिहाई र जिल्ला प्रहरी प्रमूखलाई तत्काल कारवाही गर्नुपर्ने माग राखेर आन्दोलन गरिहेका छन् । जनकपुर एक्कासी बन्द भएपछि परिक्षा दिन हिडेका विद्यार्थी मर्कामा परेका छन् ।
–एसकाठमाडौँ
|
|
Post a Comment