Headlines News :
Home » » आफै लोडसेडिङको मार खेपेको भारत नेपाललाई चाहिएजति बिजुली दिन तयार..

आफै लोडसेडिङको मार खेपेको भारत नेपाललाई चाहिएजति बिजुली दिन तयार..

Written By news on Saturday, 2 July 2016 | 21:40


१५ असार, काठमाडौं ।
 नेपाललाई चाहिएजति बिजुली दिने भारतले प्रतिवद्धता जनाएको छ । विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका सवालमा भारतको नयाँ दिल्लीमा सोमबार र मंगलबार भएको द्विपक्षीय छलफलमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो ।
भारतले चाहिएजति विजुली दिने भएपछि नेपालीहरुले आउँदो हिँउदमा विगतका वर्षहरुमा जस्तो धेरै लोडसेडिङको समस्या भोग्नु नपर्ने उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

‘भारतले नेपाललाई चाहिएजति विजुली दिन्छु भनेर प्रतिवद्धता जनाएको छ,’ घिमिरेले अनलाइनखबरसँग भने- ‘अहिलेको भ्रमण र छलफलको मुख्य उपलब्धि यही हो ।’

दुई देशबीच अहिले भएको छलफल पीटीए कार्यान्वयनमा केन्दि्रत रहेको प्रवक्ता घिमिरेले जानकारी दिए । ०७१ साल भदौमा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता भए पनि त्यसको कार्यान्वयनका लागि गर्नुपर्ने आवश्यक गृहकार्यहरु नहुँदा हालसम्म पीटीएको कार्यान्वयन हुन सकको छैन ।

पीटीए कार्यान्वयनका लागि छलफल गर्न उर्जा सचिव सुमनराज शर्मा संयोजकत्वको सरकारी टोली आइतबार दिल्ली गएको थियो । उक्त टोली छलफल सकेर आज स्वदेश फर्किएको छ ।

सुख्खायाममा नेपालमा १४ सय मेगावाट विजुली माग भए पनि साढे ३ सय मेगावाट मात्रै विजुली उत्पादन हुने गरेको छ । परिणामस्वरुप हिउँदमा १४/१५ घन्टासम्म लोडसेडिङ हुन्छ । वर्खायाममा भने नेपालमा ८ सय ५० मेगावाटसम्म विद्युत उत्पादन हुँदै आएको छ ।

यसअघि नेपालले भारतबाट २ सय ५० मेगावाट देखि ३ सय मेगावाटसम्म बिजुली आयात गर्दै आएको थियो ।

‘आगामी हिँउदमा भारतबाट जम्मा ६ देखि ७ सय मेगावाट विजुली आयात गर्ने हाम्रो लक्ष्य हो,’ घिमिरेले भने- ‘तर, हामीले त्यतिमात्रै नभई चाहिएजति विजुली दिन भारतलाई तयार बनाएका छौं ।’

सहसचिवस्तरीय पीटीए कार्यान्वयनका लागि संयुक्त कार्यदल र सचिव स्तरीय स्टेयरिङ कमिटिको छलफल भएको थियो ।

प्रसारणलाइन र सबस्टेसन बनाउनुपर्ने

भाररतबाट विजुली आयात गर्नका लागि आगामी जनवरीसम्ममा अन्तरददेशीय प्रसारणलाईन र सबस्टेसन बनाइसक्ने उर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । भारतको परवानीपुर-रक्सौल, कुशहा कटैया, ढल्लेबर-मुजफ्फपुरबाट बिजुली ल्याइनेछ ।

ढल्केबरको प्रसारणलाइन बनिसकेकेा र त्यहाँ आगामी डिसेम्बरसम्ममा सबस्टेसन पनि बनाइसक्ने उर्जा मन्त्रालयले जनाएको छ ।

‘भारतबाट विद्युत ल्याउन अब भारतीय पक्षबाट हुनुपर्ने सबै काम भइसकेको छ,’ उनले भने- ‘हामीले हाम्रो पूर्वाधार निर्माण गरिसक्ने वित्तिकै चाहिएजति विजुली ल्याउन सक्छौं ।’

को-को थिए छलफलमा ?

छलफलमा नेपालका तर्फबाट उर्जा सचिव शर्मा, उर्जा मन्त्रालयका सहसचिवहरु दिनेश घिमिरे, श्याम किशोर यादब, मन्त्रालयकै सागरराज गौतम, राजु महर्जन, विद्युत विकास विभागका महानिर्देशक समिर रत्न शाक्य, उपमहानिर्देशक नविनराज सिंह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र बरिष्ठ अधिकृत शेरसिंह भाटलगायत डेढ दर्जन सहभागि थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger