Headlines News :
Home » » रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो..

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो..

Written By news on Saturday, 2 July 2016 | 22:02


काठमाडौं-
 युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा बेल्जियमले जित हात पार्दा पोर्चुगल र अस्ट्रिया तथा हंगेरी र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ।

बोरुडक्समा सम्पन्न खेलको पहिलो हाफ देखिनै आयरल्याण्डलाई दबाबमा राखेको बेल्जियमले गोल गर्न भने दोस्रो हाफसँग कुर्न परेको थियो। बेल्जियमको जितमा रोमियुल लुकाकोले २ तथा एलेक्स वेट्सिलले १ गोल गरेका थिए। लुकाकोले खेलको ४८ तथा ७०औं मिनेटमा गोल गरेका थिए भने वेट्सिलले खेलको ६१औं मिनेटमा गोल गरेक थिए।

जितसँगै बेल्जियमको ३ अंक भएको छ र समूह ईबाट नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ। यस समूहबाट इटली २ खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।

त्यस्तै आइसल्याण्ड र हंगेरीले एक-एक गोलको बराबरी खेलेका छन्।  पहिलो हाफको ३९औं मिनेटमा गिफ्ट सुगाडसनको पेनाल्टी गोलबाट १-० को अग्रता लिएको आइसल्याण्डले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। खेल सकिन तीन मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेमान्जा निकोलसले आत्मघाति गोल गर्दा खेल एक-एक गोलको बराबीमा सकिएको थियो।

अर्को खेलमा क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुक्दा पोर्चुगल आइसल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८औं मिनेटमा अस्ट्रियाका मार्टिन हिन्टगरले रोनाल्डोलाई डी एरियामा लडाउँदा प्राप्त पेनाल्टीमा उनी गोल गर्न चुकेको हुन्। त्यसपछि खेलमा कुनै गोल भएन र खेल गोलरहित बराबरीमा सकिएको हो।

समूह एफमा सबै टोलीले समान दुई दुई खेल खेल्दा हंगेरी ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने समान २/२ अंक भएका अस्ट्रिया र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger