Headlines News :
Home » » हेर्नुहास् तपाइको प्रेम राशिफलबाट कुन राशिको कस्तो प्रेम ?

हेर्नुहास् तपाइको प्रेम राशिफलबाट कुन राशिको कस्तो प्रेम ?

Written By news on Wednesday, 20 July 2016 | 21:42



प्रकाशित मिति: सोमबार, आषाढ ०६, २०७३ समय - २१:५३:२२

ज्योतिषको नुसार भविष्यवाणीका लागि राम्रो बिधि राशिफल हो । जोतिषीहरु भन्छन्, जीवनमा कुने काम गर्नुृ छ भने पहिले राशिफल हेरेर गर्नु उचित हुन्छ । सफल हुन्छ हुन्न त्यो पनि राशिफलले बताउने बताउँछ । कति व्याक्तिका जीवनसंग राशिफल मिल्छ । र, दैनिक हेर्ने गर्छ । भने, कसैले वास्ता व्यास्ता पनि गर्दैन । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई धेरै कुराको राशिफलबाट आँकलन गर्ने सकिने बताउँछन् । राशिफलले मानिसको प्रेमको पनि निधारण गर्ने ज्योतिषहरु बताउँछन् ।

१, मेष राशि
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् । प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभावको राशिका महिला र पुरुषहरुहुन्छन् । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।

२, वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध त्यती सफल हुँदैनन् । छिटो प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष, वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

३, मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।

४, कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् । विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।

५, सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् । तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष, मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

६, कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् । तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

७, तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।

८, वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् । भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

९, धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् । आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल हुन्छ ।
१०, मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध त्यती सफल मानिँदैन । प्रेम प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् । यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ । यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै हुन्छ ।

११, कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

१२, मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन् । यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध भने असफल हुने सम्भावना धेरै हुन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger