Headlines News :
Home » » काठमाडौमा भएको ग्याङफाइटमा १८ वर्षीय युवकको मृत्यु..

काठमाडौमा भएको ग्याङफाइटमा १८ वर्षीय युवकको मृत्यु..

Written By news on Sunday, 31 July 2016 | 04:23


काठमाडौ,१६ साउन ।
राजधानीको क्षेत्रपाटीमा भएको ग्याङफाइटमा एकजनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर भएको ग्याङफाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार फाइटपछि घाइते भएका श्रेष्ठको उपचारको क्रममा काठमाडौं अस्पतालमा दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल रहेका छन् । प्रहरीले अन्य ८ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger