श्रावण १६, २०७३ मकवानपुरमा भएको यात्रु बस दुर्घटनामा परि मृत्यु हुने ९ जना मध्ये ७ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका मध्ये उदयपुरका बिनोद चौधरी, सन्तोष चौधरी, मणिरत्न चौधरी र लक्ष्मी अधिकारी , मुस्कान चौधरी, बाराका बिशाल धामी र भीमकुमारी तामाङको सनाखत भएको प्रहरीले जनाएको छ । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । ६ जनाको घटनास्थलमै ,२ जनाको उपचारका लागी अस्पताल लैजादै गर्दा र थप एकको उपचारका क्रममा अस्पातालमा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेम गौतमले जानकारी दिनुभयो । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको मनहरी ३ रमनटारमा काठमाण्डौबाट गाईघाट जादै गरेको ना ५ ख ५०५५ र झापाबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आज विहान जुध्दा दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३१ जना घाइते मध्ये १७ जनाको स्थानीय चुरे हिल अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । अन्य १४ जना सामान्य उपचार पछि घर फर्किएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment