Headlines News :
Home » » आजदेखि एक दिनमै राहदानी सेवा, मन्त्री थापाद्वारा उद्घाटन..

आजदेखि एक दिनमै राहदानी सेवा, मन्त्री थापाद्वारा उद्घाटन..

Written By news on Sunday, 3 July 2016 | 02:32


काठमाडौं –
आजदेखि सेवाग्राहीले एकै दिनमै राहदानी पाउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कमल थापाले आइतबार सो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

चन्द्रकाली बुढाथोकीलाई २५ मिनेटभित्रै राहदानी प्रदान गर्दै थापाले सो सेवाको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै थापाले भने, ‘एकै दिनमा राहदानी पाउने व्यवस्था हुने इतिहासको कोसेढुंगा हो । तर, १५ हजारमा मात्र यो पाइने हुँदा यो सेवा पैसा हुनेका लागि मात्र सहज हुने देखियो । ५ हजारमै सर्वसाधारणले यही सेवा पाउने भए झनै राम्रो हुने थियो ।’

यसअघि राहदानी विभागले द्रुतसेवा अन्तरगत ७ दिनमा राहदानी दिने व्यवस्था रहेकोमा गत कार्तिक देखि ५ दिनमा दिने व्यवस्था गरेको थियो । त्यस्तै अषाढ १९ देखि १० हजारमै लिई ३ दिनमा नै राहदानी दिने व्यवस्था गरेको थियो ।
नयाँ व्यवस्था अनुसार १५ हजार रुपैयाँ तिरे आवदेन पेश गरेकै दिनमा र १२ हजार रुपैया दिने दोस्रो दिनमा राहदानी पाउन सकिनेछ ।
सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आवेदकले आफै कम्प्युटरबाट फारम भरी विभागमा पठाउन सक्ने गरी पूर्व फारम दर्ता प्रणाली पनि समेत लागु गरिएको छ । अबदेखि राहदानी विभागबाट सेवा लिन चाहने व्यक्तिहरुले फारम भर्ने तथा छुट्टै फोटो खिच्नुपर्ने छैन ।

अनलाइन फारम भरी बारकोड लिने तथा नागरिकताको सक्कल तथा सोको आधिकारिता प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिश पत्र लिएर सिधै राहदानी विभाग आउन सकिनेछ ।

अनलाइन फारमका लागि विभागको वेभसाइट www.nepalpassport.gov.np मा लगइन गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालय एवम् नेपाली राजदूतावास तथा महावाणिज्यदूतावास मार्फत पेश ुहने आवेदन फारमहरु राहदानी विभागमा प्राप्त भएको २४ घण्टाभित्रै राहदानी तयार पठाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

पूर्व फारम दार्ता प्रणाली मार्फत राहदानी लिने व्यवस्था न्युयोर्क, वासिङटन, मलेसिया, अबुधावी, कतार, जेदार, रियाद, हङकङ र लण्डन लगायतका महावाणिज्य दूतावसमा उपलब्ध गरिएको विभागले जानकारी दिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger