Headlines News :
Home » » बंगलादेशको राजधानी ढाकामा कुरान पढ्न नसक्नेलार्इ धारिलो हतियारले यातना दिदै मारे ,मारिएका सबै विदेशी

बंगलादेशको राजधानी ढाकामा कुरान पढ्न नसक्नेलार्इ धारिलो हतियारले यातना दिदै मारे ,मारिएका सबै विदेशी

Written By news on Monday, 4 July 2016 | 03:09


आइएस समर्थक बन्दुकधारीले शुक्रबार बंगलादेशको राजधानी ढाकाको एक क्याफे कब्जा गरी हत्या गरेका २० जना नागरिक सबै विदेशी भएको खुलेको छ।
सञ्चार माध्यमहरुका अनुसार उनीहरुले विदेशी नागरिकलार्इ मार्नु अघि धारिलो हतियारले आक्रमण गरी यातना दिएका थिए। उक्त घटनामा ज्यान गुमाउने अधिकांश इटाली र जापानका नागरिक छन्। ‘उनीहरुले पाशविक ढंगले धारिलो हतियारले पिडितलार्इ आक्रमण गरे,’ बिबिसीले बंगलादेशी सेनाका जर्नेल नइम अशरफ चौधरीलार्इ उदृत गर्दै भनेको छ। बंगलादेशी पत्रिका डेली स्टारका अनुसार मुस्लिम धर्मग्रन्थ कुरान बढ्न सक्नेलार्इ उनीहरुले छाडे भने नसक्नेलार्इ शारीरिक याताना दिए। ‘उनीहरुले बंगलादेशीलार्इ नराम्रो व्यवहार गरेनन्,’ उक्त आक्रमणमा बाँचेका बंगलादेशी नागरिक रेजाउल करिमलार्इ डेली स्टारले उदृत गरेको छ, ‘बरु सबै बंगलादेशीलार्इ रात्रिको भोजन समेत उपलब्ध गराए।’

कब्जामा आएका सबैलार्इ बन्दुकधारीले एक-एक गर्दै कुरान वाचन गर्न लगाएका थिए। कुरानका एक-दुर्इ वाक्य पनि भन्न नसक्नेलार्इ उनीहरुले मार्नु अघि यातना दिए। आइएस समर्थित ७-८ जना बन्दुकधारीले हिजो साँझ ढाकास्थित ‘होले आरटीसन बेकरी क्याफे’लार्इ आफ्नो कब्जामा लिएका थिए। बंगलादेशी सुरक्षाकर्मीले १२ घण्टापछि उक्त क्याफेलार्इ बन्दुकधारीबाट मुक्त गरेको छ। ६ जना बन्दुकधारी मारिएका छन् भने एक जना पक्राउ परेका छन्। उक्त मुटभेटमा दुर्इजना प्रहरीको पनि ज्यान गएको छ।

क जापानिज र दुर्इ श्रीलंकनसहित सुरक्षाकर्मीले १३ जनाको उद्दार गरेको बिबिसीले बताएको छ। ढाकाको कूटनीतिक नियोगहरु नजिक रहेको उक्त क्याफे विदेशी र स्थानीय मध्यम बर्ग माझ लोकप्रिय रहेको छ। सेतोपाटीबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger