ताइपेई, ताइवानको एक पर्यटक बसमा मङ्गलबार आगलागी हुदा सो बसमा सवार रहेका २६ व्यक्तिको मृत्यु भएको छ ।चीनको उत्तरपूर्वी सहर दालिआनबाट २४ पर्यटक सहभागी एक समूह ताइवान भ्रमणको लागि आएका तालिवान गृह मन्त्रालयले जनाएको छ । सो समूहमा १६ महिला र ८ पुरुष रहेका पनि मन्त्रालयले प्रष्ट पारेको छ । सो दुर्घटनामा एक ताइवानी बस चालक र अन्य एक पर्यटक पथप्रदर्शकको पनि मृत्यु भएको जनाइएको छ । तर सो पर्यटक पथ प्रदर्शकको भने राष्ट्रियता खुलेको छैन । ती पर्यटकहरु आफ्नो यात्रा समाप्त गरी ताओयुआन विमानस्थलmततर्फ फर्किदा सो दुर्घटना भएको थियो । गत मङ्गलबार ताइवान पुगेका ती पर्यटकहरुको सो समूह मङ्गलबार ४ः३० बजे विमानबाट दालिआन फर्किने समयतालिका रहेको बताइएको छ । स्थानीय समयाअनुसार करिब १ बजे अपराह्नमा यो दुर्घटना भएको जनाइएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment