|
|
साउन ५, झापा –
झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ वर्र्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा गएराति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । पाँच दिनअघि बुधबारे–५ निवासी इन्द्र चोकका डिल्लीराम प्रसाईंको घरमा मावली आएकी बालिकाको ढोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरे पनि उक्त कुराको पुष्टि भने गरेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
|
|
Post a Comment