Headlines News :
Home » » राप्तीको बाढीले खतराको सूचक नाघ्यो..

राप्तीको बाढीले खतराको सूचक नाघ्यो..

Written By news on Tuesday, 5 July 2016 | 04:20

६ गाविसमा खतराको साइरन बजाइयो


असार २१ , नेपालगन्ज  –
 दुई दिनदेखि लगातार भएको वर्षाले राप्ती नदीमा आएको बाढीले खतराको संकेत चिन्ह पार गरेको छ । नदी किनारका ६ गाविसमा खतराको संकेतस्वरुप साइरन बजाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म कुसुममा पानीको सतह ५ दशमलव २ मिटर पुगेको छ । पानीको सतह कुसुममा ५ मिटर पुग्दा राप्ती किनारका होलिया, बेतहनी, फत्तेपुर, कम्दी, गंगापुर, मटेहिया लगायतका गविस डुबानको खतरामा पर्ने भएकाले ती गाविसका प्रत्येक गाउँहरुमा साइरन बजाएर सचेत गराउने काम भएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । पूर्व सूचनाकालागि कुसुममा राखिएको बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले मंगलबार बिहानदेखि राप्ती नदीमा पानीको सतह क्रमशः बढ्न सुरु भएको बताए । कुसुममा आएको बाढीले ५ मिटर पार गर्दा सो पानी ती कम्दी, होलिया गाविससम्म पुग्दा कम्तीमा पनि ५ घण्टा लाग्ने भएकाले बाढी पूर्व सूचनाको प्रविधि प्रयोग गरी सूचना प्रवाह गर्दा क्षती न्यूनिकरण हुने स्थानीय प्रशासनको विश्वास छ । त्यसैले साइरन बजाएर बाढी मापन केन्द्रबाट समुदायस्तरमा निरन्तर सूचना प्रवाह हुने गरेको छ । प्रहरी सतर्क अवस्थामा राप्तीमा पानीको सतह निरन्तर बढ्दै गर्दा जिल्ला दैविप्रकोप उद्दार समितिको आकस्मिक बैठक बसेर बाढीले प्रभाव पार्न सक्ने ठाउँमा तत्काल सूचना प्रवाह गर्ने र प्रभावितलाई सुरक्षित स्थानमा सार्नको लागि पहल गर्ने तयारी भएको बाँकेका प्रहरी प्रमुख राईले जानकारी दिए । उनले भने, ‘राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त भएको छ । हामीले प्रभावित ठाउँका प्रहरी युनिटलाई उद्धारको लागि आवश्यक उपकरणसहित तयारी अवस्थामा राखेका छौ ।’ बाँकेमा विपदबाट हुने क्षती जतिसक्यो कम गर्नका लागि हदैसम्मको पूर्वतयारी अपनाइएको सम्वद्ध सराकोरवालाहरुले दावी गरेका छन् ।जिल्ला दैवी प्रकोप उद्धार समितिले नेपालगन्जमा आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा बिपदका क्षेत्रका काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पूर्वतयारीका कार्यक्रमलाई चुस्तदुरुस्त राखिएको दावी गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्राकृतिक विपद्लाई रोक्न नसकिने भए पनि यसबाट हुने क्षती घटाउन हरसम्भव प्रयास गरिएको वताए । कार्यक्रममा नेपाली सेनाले बाढीबाट जोगिन तथा बाढी आइहालेमा उद्धारको लागि आवश्यक सरसामान सहित खटिने गरी आफ्नो तयारी पूरा गरिसकेको रुद्रध्वज गणका गणपती अशोक चन्दले जानकारी दिए । यसैगरी दैविप्रको बेला तत्काल खटाउन मिल्ने गरी २४ सै घण्टा उद्धारका उपकरण सहित विभिन्न दर्जाका १ सय ९९ जना प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेक प्रसाद राईले जानकारी दिए । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरिक्षक नेत्र खत्रीले जना विषेश तालिम लिएका २ सय ९५ जनाको टोलीले जतिबेला पनि उद्धारको लागि खटाउन मिल्ने गरी तयारी अवस्थामा रहेको जानकारी दिए । जिल्ला विकास समिति बाँकेका सूचना अधिकृत शरद पौडेलले आपतकालिन अवस्थामा प्रयोग गर्नका लागि बाँकेको राप्तीपारी गंगापुरमा ३ सय परिवारका लागि ३ दिनसम्म पुग्ने गरी खाद्यान्न भण्डारण गरिसकिएको जानकारी दिए । उनले राप्ती वारी पनि कुनै आपतकालिन प्रकोप आइहाले पनि जिविस तयारी अवस्थामै रहेको जानकारी दिए । जिल्ला रेडक्रस कार्यालय बाँकेका तर्फबाट कार्यर्क्रम संयोजक निरञ्जना मल्लले राप्तीपारी प्रकोपको बेलामा आवश्यक खानेकुराहरु भण्डारण गरेको तथा समुदायस्तरमा पनि क्षति न्यूनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको बताइन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger