Headlines News :
Home » » गर्भनिरोधक चक्की खानु अघि ध्यान दिनुपर्ने कुरा..

गर्भनिरोधक चक्की खानु अघि ध्यान दिनुपर्ने कुरा..

Written By news on Sunday, 10 July 2016 | 22:14


डा. मीरा हाडा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, वयोधा अस्पताल, बल्खु, काठमाडौँ
महिलामा स्वास्थ्य शिक्षाको अभाव भएर विभिन्न समस्या आउने गरेको कुरा हामी धेरै पहिलेदेखि उठाउँदै आएका छौँ । तर, शिक्षित सहरी महिलाहरु समेत साझा समस्या लिएर अस्पताल धाइरहेका हुन्छन् । गर्भसम्बन्धी, महिनावारीताका पेट दुख्ने, सेतो पानी बग्नेलगायत समस्या धेरैमा साझा देखिन्छ । सबैभन्दा बढी गर्भनिरोधक चक्कीको उपभोग र जथाभावी तथा धेरैपल्ट गर्भपतन गर्दा आएका समस्या बढ्दै गएका छन् ।
स्वास्थ्यका बारेमा ज्ञान त छ तर अपुरो छ । त्यसले महिलामा विभिन्न समस्या आइरहेका छन् । विशेष गरी आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी बुझाइ अपुरो देखिन्छ । यसले ल्याउने स्वास्थ्य समस्याको समाधानका उपाय खोज्न महिलाहरु अस्पताल धाउँछन् पनि ।

असुरक्षित सेक्स गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ ।
यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको छ । गर्भपतनले कानुनी मान्यता पाएकाले धेरैपल्ट गर्भपतन गरेर मानसिक रुपमा विक्षिप्त हुने पनि धेरै छन् ।

सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या सहरमा जति बढ्दो छ, यसको प्रतिप्रभाव (साइड इफेक्ट) भएर वा गर्भ नरोकिएर स्वास्थ्य संस्था आउनेको संख्या पनि त्यत्तिकै छ । आइपिलको प्रयोग वा एबोर्सनबाट स्वास्थ्यमा समस्या ल्याएपछि धेरै महिला हामीकहाँ आइपुग्छन् ।

अहिलेको पुस्ताले ज्ञान र स्वतन्त्रता पायो तर दुइटै अपुरो भयो । ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा केही फरक पर्दैन । अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्दै आएको छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

कतिपय अवस्थामा हेलचेक्य्राइँ पनि देखिएको छ । आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने डरलाग्दो प्रवृत्ति छ युवाहरूमा । गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ ।
परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।

आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ ।
लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटक–पटक शरीरका नियमित प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्न सक्छ । यही कारण धेरै सहरी महिलामा मानसिक समस्या आइसकेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger