Headlines News :
Home » » जहाँ छ :स्कुल -१, शिक्षिका - १, बिध्यार्थी पनि १ जना मात्रै // हाम्रै नेपालमा ।

जहाँ छ :स्कुल -१, शिक्षिका - १, बिध्यार्थी पनि १ जना मात्रै // हाम्रै नेपालमा ।

Written By news on Sunday, 10 July 2016 | 23:00



असार -२४ - २०७३, पोखरा  ।
           सरकारले गाउँगाउँमा पछिल्लो चरण खोलेका बालविकास केन्द्रमा केन्द्रमा थोरै भनेको कम्तीमा कति जना विद्यार्थी होलान् ? जम्मा १३ जना भन्नुहोला यदि तपाई गुल्मीको भए ।

          किनकि त्यति संख्या विद्यार्थी भएको समाचार त सुनिसक्नुभएको छ । त्यो भन्दा तल कति जना होलान भनेर प्रश्न गरियो भने ५/७ जना त पक्कै होलान् भनेर अडकल काट्नुभएको होला ।gulmis

          तर, होइन गुल्मीको एक बाल विकास केन्द्रमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । जुन बालविकास केन्द्र हो दर्लामचौरको वडा नम्वर–३ मा रहेको सिमपानी बालविकास केन्द्र ।

          जुन बालविकास केन्द्रमा शिक्षिक पनि एक जना नै रहेकी छिन् । त्यस केन्द्रकी शिक्षिका बिमला थापा भन्छिन्– ‘पढाउने बालवालिका एक जना मात्रै हुँदा दिन कटाउन असाध्धै पट्यार लाग्ने गर्दछ ।’

          ठूलो दलित बस्ती रहेको टाकुरा गाउँ र सिमपानीमा बालबालिका भने धेरैको संख्यामा छन् तर पनि गत शैक्षिक सत्रमा १५ जना भर्ना भएका थिए । शिक्षिका थापा थप्छिन्– ‘भर्ना भए त १५ जना भए तर, पछि बाबुआमा निमेक मजदुरीमा जाने बालबालिकालाई स्कुल पढाउनको ध्याउन नगरेपछि घट्दै जाँदा अहिले एक जना मात्रै रहेका छन् ।’

        २०६१ सालमा स्थापना भएको केन्द्रको संरचना पनि अत्यन्तै जीर्ण रहेको छ । दोहली स्रोत केन्द्रका स्रोत व्यक्ति लाल बहादुर कुवँरले केन्द्र व्यावस्थापन समिति र गाविस सचिवलाई व्यवस्थापन वा स्थान्तरण गर्न निर्देशन दिएको बताए ।

         उनले सरकारी अनुदान ३ हजार मासिक आउने तथा बाँकी सबै काम गाविसबाट हुने जानकारी दिए । गाविस सचिव जयपाल विककले केन्द्रप्रति विद्यार्थी आकर्षण गर्ने विद्यालयको पुर्वाधार तथा शैक्षिक पुर्वाधारहरु नभएकाले यो अवस्था सृजना भएको बताए ।

          उनले अघिल्लो बर्षहरुमा गाविसको तर्फबाट केन्द्र व्यवस्थापनमा ध्यान नदिएको भन्दै अहिले आफूले जिल्ला तथा गाविसबाट ठोस पहल गर्ने जानकारी दिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger