Headlines News :
Home » » दुखद घटना !! विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु..

दुखद घटना !! विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु..

Written By news on Thursday, 21 July 2016 | 03:52


सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ ।
मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् ।
विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् ।
 सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो । घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ ।
 उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ ।
 बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger