|
|
साउन ६ –
तस्बिरमा देखिएका व्यक्ति हुन् नवलपरासीको धौबादी-२ जुकेपानीका खेमबहादुर घर्ती । उहाँको तीन वर्षदेखिको अवस्था यस्तै छ । उहाँको टाउको बाहेक शरीरका अरु कुनै अङ्ग चल्दैनन् । खानपिन पनि ओछ्यानमै अनि दिसा पिसाव पनि ओछ्यानमै गराउनुपर्छ उहाँलाई । २०६९ सालमा मलेसिया गएका खेमबहादुरले दुई वर्षसम्म होटल र सेक्युरिटी गार्डमा काम गर्नुभयो । महिनाको ९ सय भन्दा धेरै तलव भएन । त्यसमा पनि बसेको भाडा र लेवि काट्दा पैसा बचाउन मुस्कील परेपछि बाहिर काम गर्ने क्रममा दुर्घटनामा पर्नुभयो । मलेसियामै केहि समय उपचार गराएर उहाँलाई नेपाल ल्याइयो ।
मलेसियामा उपचार गराउँदा घरबाट मगाएर दुई लाख रुपैयाँ खर्च भयो अनि काठमाडौं ल्याएर पनि ७ महिना उपचार गरियो । ‘जम्मै गरेर झण्डै ८/९ लाख रुपैयाँ खर्च भयो’ खेमबहादुर भन्नुहुन्छ ‘जग्गा बेचेर दुई लाख रुपैयाँ तिर्यौं तर अरु त बाँकी नै छ’ विदेशमा दुर्घटनामा परेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उहाँले क्षतिपूर्ति पाउनुभयो तर बिमा गरिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनिले अहिलेसम्म पनि बिमा वापतको रकम दिएको छैन ।
|
|
Post a Comment