Headlines News :
Home » » प्रेमिकाले आत्महत्या गरेको सुने लगतै प्रेमीले पनि यस्तो सुसाइट नोट लेखेर गरे आत्महत्या..

प्रेमिकाले आत्महत्या गरेको सुने लगतै प्रेमीले पनि यस्तो सुसाइट नोट लेखेर गरे आत्महत्या..

Written By news on Sunday, 17 July 2016 | 05:03


काठमाडौं-
सँगै मर्ने सँगै बाँच्ने भनेर मायाप्रेममा परेका मोरङ केराबारीका एक युगल जोडीले आफ्नो प्रेमसम्बन्धलाई परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेका छन् । अनिल श्रेष्ठले साप्प्तहिकमा खवर लेखेका छन- शुक्रबारे केरावारी-२ स्थित मच्छिन्द्र उच्च माविको छेउमा घर भएकी १७ वर्षीय रक्षा भण्डारीले आत्महत्या गरेको केही समयपछि उनका प्रेमी केराबारी–४ का १९ वर्षीया खेमप्रसाद बरालले पनि आत्महत्या गरेका हुन् ।
रक्षाले मामाघरमा सिलिङको बलोमा झुुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याका सम्बन्धमा विभिन्न अड्कलबाजी भैरहेका बेला बरालले पनि आत्महत्या गरेका हुन् ।

 रक्षाको शव पोस्टमार्टम गरी दाहसंस्कारको तयारी गरिरहेका बेला बरालले घरमै पासो लगाई आत्महत्या गरेका थिए । शुक्रबार मध्यान्ह रक्षाको शवमा दागवती दिने तयारी भैरहेका बेला बरालको आत्महत्याको खबर आएको थियो । रक्षाको अन्तिम संस्कारमा आएका मलामीहरू घटनास्थलतर्फ जाँदा बरालको प्राणपखेरु उडिसकेको थियो । चोखो मायामा परिवार बाधक भएपछि आत्महत्या गरेको बरालको सुसाइड नोटबाट खुलेको प्रहरीले जनाएको छ । आफ्नी प्रेमिकाले आत्महत्या गरेको खबर पाएपछि निराश भएका बरालले लेखेको सुसाइट नोटमा अभिभावकलाई सम्बोधन गर्दै आफूहरूको प्रेमलाई अमर बनाउन आत्महत्या गरेको कुरा उल्लेख छ । रक्षा र खेमले यसै वर्ष एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए ।

 उनीहरूबीच एक वर्षअघिदेखि प्रेमसम्बन्ध थियो । खेमप्रसादले आफ्नी प्रेमिका रक्षालाई घरमा ल्याउन हरसम्भव प्रयास गरे पनि परिवारको असहमति रहेको सुसाइट नोटबाट थाहा हुन्छ, तर रक्षाले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन । प्रेमिकाको आत्महत्यापछि बरालले एक्लै बाँच्न नसक्ने भएकाले प्रेम सफल बनाउन आत्महत्या गरेको दाबी गरेका छन् । उनले सुसाइट नोटमा लेखेका छन्– ‘रक्षा, तीन महिनाअघि बिरामी पर्दा पनि तिमीले मलाई बचायौ । आज तिमी यो संसारबाट टाढा भएपछि यो संसार मेरा लागि एक्लो छ । तिमीबिना म कसरी बाँच्न सक्छु र रु त्यसैले म तिमीलाई १२:१० बजे भेट्नेछु ।’ सुसाइट नोटमा उनले आफ्नो जीवनको सर्वस्व रक्षा नै भएको र उनीबिना यो संसारमा बाँच्नुको अर्थ नरहेको भन्दै आत्महत्या गरेको बताएका छन् । उनले मृत्युपछि आफ्नो लासको पोस्टमार्टम नगर्नु र रक्षासँगै एउटै चितामा जलाउनु समेत भनेका छन् । यो घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख सूर्य प्रसार्इंले जानकारी दिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger