Headlines News :
Home » » बाबु मलेसियामा बिते , अामाकाे गाउमै हत्या : यि बालक साझ पर्नासाथ बाबा अामा खाेज्छन हामिले कहाबाट ल्याउने ?

बाबु मलेसियामा बिते , अामाकाे गाउमै हत्या : यि बालक साझ पर्नासाथ बाबा अामा खाेज्छन हामिले कहाबाट ल्याउने ?

Written By news on Thursday, 28 July 2016 | 00:34



पाँचथर सराङडाँडा–४ का एक बालक भगिश्वर नेपाली अहिले आफ्ना बुबाआमा बितेपछि सहाराविहीन बन्न पुगेका छन् । उनका बुवा रामबहादुर नेपालीको गत २०७१ पुस २५ गते मलेसियामा मृत्यु भयो । घरमा बिरामी भएकी पत्नीको उपचारका निम्ति पैसा पठाउन लाग्दा उनीमाथि आक्रमण भयो । उनलाई हत्या गरिएको उनका घरपरिवार बताउँछन् । त्यसपछि घरमा भएकी श्रीमती पनि दुवै मिर्गौलाले काम नदिएपछि लामो समय बिमारीले थलिइन् ।

 उनको विराटनगरस्थित नोबल हस्पिटलमा लामो समय परिवारका सदस्यले उपचार गराए । बुबाको मृत्यु भएर काजक्रिया गरेको एक वर्ष बित्न नपाउँदै छोरा भगिश्वरले फेरि अर्को दुर्दशा बेहोर्नुप¥यो ।

 उनकी आमा हरिमाँया नेपालीको नोबल हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा गत २०७२ माघ २० गते बाटोमै मृत्यु भएको उनका माइलाबा खड्गबहादुर नेपालीले बताउनुभयो ।

 उनको उपचार गर्न मात्रै उनीहरुले घरमा नभएपछि गाउँमा साहुसँग ऋण खोजेर उपचार गर्दा रु चार लाख जति ऋण लागेको घरपरिवार बताउँछन् । अहिले रामबहादुरका छोरा भगिश्वर १० वर्षका भए, उनी घरनजिकै रहेको दुर्गा उच्च माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दैछन् । उनी अहिले माइलाबाको घरमा बसेर पढ्दैछन् ।

 तर उनलाई पढ्नको निम्ति समस्या छ, शैक्षिक सामग्री किन्न झनै समस्या छ, घरमा भएको सवै काम भ्याएर पढ्नुपर्छ, यस्तो अवस्थामा उनलाई कुनै सङ्घसंस्थाले सहयोग गरिदिने भए ती बालकको उद्धार हुने स्थानीय समाजसेवी नरेन्द्र बस्नेतले बताउनुभयो ।

दैनिकी गुजार्नसमेत धौ धौ छ परिवारमा, दिनभरि अर्काको लुगा सिएर जीविकोपार्जन गर्दै आएका खड्ग बहादुरलाई समेत समस्या छ, यस्तो अवस्थामा कुनै सङ्घसंस्थाले सहयोग जुटाइदिए धेरै सहज हुने उहाँले बताउनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger