|
|
असार १७, काठमाडौं ।
ललितपुर जिल्लाको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने पर्खालले च्यापिएर २० जना बिद्यार्थी घाइते भएका छन् ।
जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्ता भत्किएर कक्षा तीनका विद्यार्थीहरु च्यापिएका थिए ।
उपचारको क्रममा टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए ।
पुनमगरको आमा नभएकाले आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।
पर्खालले च्यापिएर घाइते भएकाहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
|
|
Post a Comment