Headlines News :
Home » » देशभर लगातार झरीका कारण २० वटा हिमताल फुट्न सक्ने चेतावनी..

देशभर लगातार झरीका कारण २० वटा हिमताल फुट्न सक्ने चेतावनी..

Written By news on Friday, 1 July 2016 | 01:15


असार १७, काठमाडौ ।
 देशभरको मौषम प्रतिकुल बन्दा अझै केहि दिन झरी पर्ने संकेत देखिएको छ । यस्तैमा एक गैरसरकारी संस्थाले वर्षासँगै हिमताल बिस्फोटन हुन सक्ने चेतावनी दिएको छ ।

शुक्रबार इसिमोडले संसदको राज्य व्यवस्था समितिमा व्याख्या भए अनुसार भूकम्पले चिराचिरा पारेका पाखापखेरामा पहिरोको जोखिम रहेको र हिमताल विस्फोटन हुन सक्ने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालका ६ वटा हिमताल उच्च जोखिममा रहेको विज्ञले बताएका छन् । च्छो रोल्पा, इम्जा, तल्लो बरुण, तुलागी र नाम नचलेका दुई हिमताल उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठले बताए ।

पानीमा पहिरो गए, भूकम्पका कारण छचल्किए, ताल आफै ठूलो भएर त्यसमा पानीको आयातन बढ्ने र हिमताल फुट्ने उच्च जोखिम हुन्छ ।जोखिम न्यूनिकरणको लागि ताल मै रहेको पानी घटाउने वा तल्लो तटिय क्षेत्रका लागि विशेष कार्यक्रम गर्नुपर्ने बिज्ञको सुझाव छ । तर यसमा सरकार मौन छ | यस्तै तल्लो तटिय क्षेत्रमा जोखिमपूर्ण स्थान पहिचान गरेर न्यूनिकरणको सम्भावना पहिल्याएर अवलम्बन गर्ने, नदी आसपासमा बस्ती नबसाल्ने, भौतिक संरचना निर्माणमा सावधानी अपनाउने, पूर्वसूचना प्रणाली जडान गर्ने लगायतका काम अहिलेसम्म नहुँदा झनै जोखिम हुन सक्ने देखिएको छ ।

इसिमोडले नेपालमा कुल २ हजार ३ सय २३ हिमताल रहेकामा २० वटा त्यस्ता ताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । हिमतालको अवस्था र पहाडी क्षेत्रमा पहिरोको जोखिमबारे कार्यपत्र प्रस्तुत गर्दै इसिमोडले यस्तो चेतावनी समितिमा र्राखेको थियो ।

भूकम्पले जमिन कमलो हुने हुँदा त्यस्ता ठाउँमा जोखिम हुन्छ । निरन्तर बर्षा हुँदा जमिनको भित्री भागमा पानी पसेर जमिन भास्सिन सक्छ । त्यसो त यसको संकेत कतिपय स्थानमा देखिन समेत सुरु गरिसकेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger