Headlines News :
Home » » आज एक महिलको बलत्कार पछी हत्य गरी फेकिएको अवस्थामा इटहरीको जंगलमा...

आज एक महिलको बलत्कार पछी हत्य गरी फेकिएको अवस्थामा इटहरीको जंगलमा...

Written By news on Tuesday, 5 July 2016 | 00:54



इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ ।हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई नेपाली सेनाको दुई नम्वर वाहिनी धनकुटामा कार्यरत दल गुल्म खादवारीका ३१वर्षिय सिपाहीले नवराज शाहिले महिलालाई तालतलैयामा लगी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।



महिलालाई गत पुस १९ गते घुमाउँन भन्दै तालतलैया गएको र उनीहरु विच विवाद भए पछि झगडाको क्रममा महिलाको हत्या भएको इलाका प्रहरी कार्यलयका डीएसपी ओमप्रसाद अधिकारीले वताए । डीएसपीले भने महिलाको घाँटीमा नङकट र ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको वताए । राईको श्रीमान ४ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलमा विदेश गएका थिए । उक्त महिला भोजपुरमा नै एक गेष्ट हाउस सञ्चालन गरेर वस्दै आएको प्रहरीको भनाई छ ।महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो । सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger