Headlines News :
Home » » ओली सरकारलाई ढाल्ने होईन थप मजवुत बनाउनुपर्छ: कोईराला

ओली सरकारलाई ढाल्ने होईन थप मजवुत बनाउनुपर्छ: कोईराला

Written By news on Monday, 4 July 2016 | 22:44


काठमाडौँ ।
 नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले अहिले काँग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताउनुभएको छ ।

यहाँ आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने बताउँदै त्यसपछि आउने निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राख्नुभयो ।
नेत्री कोइरालाले नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आउने गरेको बताउँदै वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।पूर्वउपप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गर्नुभयो ।


नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नभएकाले यसै सरकारको निरन्तरताको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई राष्ट्रिय सहमतिको सरकार बनाएर देखाउन चुनौती दिँदै भन्नुभयो, “कसैले राष्ट्रिय सहमतिको सरकार बनाएर देखाए एमाले एक मिनेट पनि सरकारमा बस्दैन, प्रतिपक्षमा बस्न तयार छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई बाहिर राखेर संविधान कार्यान्वयन र मुलुकका विद्यमान समस्या समाधान नहुने बताउदै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आफूहरुले महसुस गरेको बताउनुभयो ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger