Headlines News :
Home » » जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न यस्ता छन् ...हेर्नुहोस तपाई पनि..

जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न यस्ता छन् ...हेर्नुहोस तपाई पनि..

Written By news on Monday, 25 July 2016 | 00:09



प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चा पाएका पुष्कपमल दाहाल प्रचण्डसँग हात मिलाउदै केपी शर्मा ओली । तस्बिरः उमा विष्ट काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनमन्त्री पदबाट राजीनामा दिदै व्यवस्थापिका संसदमा आफूले अघि सारेका योजनाबारे चिन्ता व्यक्त गरेका छन् ।
वस्थापिका संसदमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिनु अघि प्रधानमन्त्री ओलीले आफ्ना योजनाबारे चिन्ता व्यक्त गरेका हुन् ।ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सात गम्भीर प्रश्न गरेका छन् ।
ओलीले काठमाडौँ–निजगढ फास्ट ट्रयाक, केरुङ–काठमाडौँ–पोखरा र लुम्बिनी रेलसेवा, हुलाकी राजमार्ग, भैरहवा र निजगढ विमानस्थल, सामाजिक सुरक्षा भत्तादेखि प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनासम्मका विषयमा चिन्ता व्यक्त गरे । ओलीले नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई लक्षित गरेर गरेका सात प्रश्न

 -काठमाडौँ–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ?
-केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?
 -बर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?
 -दुई बर्षमा उर्जा र कृषिमा आधारभूत रूपमा आत्मनिर्भरता सम्भव तुल्याउने हाम्रा योजनालाई के गर्नुहुन्छ ?
 -भैरहवा र निजगढ विमानस्थल जस्ता महत्वपूर्ण योजनालाई के गर्नु हुन्छ ?
-जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका लागि अगाडि सारिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई के गर्नु हुन्छ ?
-शैक्षिक प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई ऋण दिने योजनालाई के गर्नुहुन्छ ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger