Headlines News :
Home » » झडपमा चार जनाको मृत्यु>>>साठी घाईते (हेर्नुहोस पुरा खबर)

झडपमा चार जनाको मृत्यु>>>साठी घाईते (हेर्नुहोस पुरा खबर)

Written By news on Saturday, 9 July 2016 | 22:11


हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा कम्तिमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

प्रशासनद्वारा चलाइएको गोली लागी चार जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका, आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा स्थानीय अनन्तनाग सहरको एक अस्पतालका कर्मचारीले एएफपीसँगको कुराकानीमा बताए ।
घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेको पनि उनले बताए ।

कश्मिरमा सक्रिय ठूलो विद्रोही समूह हिजबुल मुजाहिद्दिनका २२ वर्षीय यूवा नेता वानी मारिएकोे आक्रोशमा प्रदर्शनकारीले कश्मिर इलाकाका प्रहरी कार्यालयहरु जलाएका छन् भने निषेधित क्षेत्रमा अवस्थित सैनिक शिविरमा समेत ढुङ्गा हानेका बताइएको छ ।

सरकारी अधिकारीले मृत वानीका शवलाई शनिबार उनको परिवारलाई बुझाएका थिए ।
दसौँ हजार मानिसको उपस्थितिमा उनको शवलाई शनिबारै अन्तेष्टि गरिएको छ ।

सरकारले शनिबार भारत प्रशासित काश्मिरको ठूलो इलाकामा कफ्र्यू आदेश घोषणा गरेको थियो । कफ्र्यू आदेश घोषणा भएको इलाकामा पनि अन्तेष्टिका लागि प्रयोग गरिने मार्गलाई प्रशासनले प्रदर्शनकारीको आवातजावतमा रोक नलगाएको काश्मिर इलाकाका प्रहरी महानिर्देशक के राजेन्द्रले बताउनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger