Headlines News :
Home » » हेर्नुहोस आजको राशिफल वि.सं. २०७३ साल साउन १३ गते। बिहीबार। इश्वी सन् २०१६ जुलाई २८ तारिख।

हेर्नुहोस आजको राशिफल वि.सं. २०७३ साल साउन १३ गते। बिहीबार। इश्वी सन् २०१६ जुलाई २८ तारिख।

Written By news on Wednesday, 27 July 2016 | 21:29


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आकस्मिक समस्याले खर्च गराउला। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरू जुट्नाले आंशिक सफलता मिल्नेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। चुनौती देखिए पनि मेहनतले सकारात्मक नतिजा दिलाउनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काम बन्नाले आशा जाग्नेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। बाध्यतामा अलमलिनुपर्ला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन प्राप्त हुने सम्भावना छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
वादविवादले काममा बाधा पुर्याउन सक्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। धैर्य एवं निरन्तरको प्रयत्नले बिस्तारै काम बन्नेछन् । पहिलेको लगानीले फाइदा दिलाउनेछ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger