|
|
काठमाडौ:
संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको शुक्रबार हृदयघातका कारण निधन भएको छ।
उनको ७३ वर्षको उमेरमा निधन भएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयमा भूगोल विषयको प्राध्यापन गरेका उनी लामो समयदेखि क्यान्सरबाट पनि पीडित थिए। क्यान्सरको उपचारपछि सवस्थ भइसकेका मानन्धरको विहान १० बजेर ४५ मिनेटमा हृदयघातबाट निधन भएको हो ।
मानन्धरको अन्त्येष्टि शनिबार मात्रै गरिने भएको छ। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्। एक जना छोरा भारतमा रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने भएको हो।
|
|
Post a Comment