|
|
हालै ३५ मिलियन युरोमा बायर्न म्युनिखसँग सम्झौता गरेका पोर्चुगलका मिडफिल्डर रेनाटो सान्चेसले २ वटा नयाँ रेकर्ड बनाएर इतिहास रचेका छन् ।
१८ वर्षको कलिलो उमेरमा पोल्याण्डसँगको क्वाटरफाइनमा गोल गरेपछि सान्चेस युरो कपको नकआउटमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् । त्यस्तै आफ्नै देशका क्रिश्चियानो रोनाल्डोको अर्को रेकर्डलाई पनि उनले तोडिदिएका छन् ।
यसभन्दा अघि पोर्चुगलको तर्फबाट अन्तराष्ट्रिय टुर्नामेन्टमा खेल्ने सबैभन्दा कान्छो खेलाडी रोनाल्डो थिए । सन् २००४ मा युरो कप खेल्दा रोनाल्डो १९ वर्षका थिए । तर सान्चेस यस पटकको युरो कपमा १८ वर्षको उमेरमा सहभागी भएपछि रोनाल्डोको उक्त रेकर्ड तोडिएको हो ।
सान्चेसका कारण पोर्चुगल सेमिफाइनलमा
पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउन सान्चेसले निकै महत्वपूर्ण भुमिका खेलेका थिए । पोल्याण्डसँग १ ० ले पछि परेको पोर्चुगल ३३ औं मिनेटमा सान्चेसले गरेको गोलपछि बराबरी गर्दै खेलमा फर्किएको थियो । सान्चेसले टाइब्रेकरमा गरेको गोलपनि निकै लोभ लाग्दो थियो । उत्कृष्ट प्रदर्शन गरेपछि उक्त खेलको ‘म्यान अफ द म्याच’ पनि सान्चेसलाई नै घोषणा गरिएको छ । रेकर्ड तोड्दै ‘म्यान अफ द म्याच’ बनेपछि रेनाटो सान्चेस एकाएका चर्चामा आएका छन् ।
पोर्चुगल सेमिफाइनलमा पुगेपछि उनी निकै खुशी हुदै भने, ‘हाम्रो टीमका लागि यो निकै खुशीको क्षण हो । ’मानिसले हाम्रो आलोचना गर्दछन् तर त्यस्तो आलोचनाले हामीलाई खासै असर पर्दैन किनभने हामी अहिले सेमी फाइनलमा पुग्न सफल भएका छौं र हामीले खेल जित्नका लागि सकेजति प्रयास पनि गरेका छौ’, उनले थपे ।
|
|
Post a Comment