Headlines News :
Home » » मिडियासँग सजग हुँदै ३ खान, साहरुखले भने-‘मेरो इद खराब नगर्नुहोस्’..

मिडियासँग सजग हुँदै ३ खान, साहरुखले भने-‘मेरो इद खराब नगर्नुहोस्’..

Written By news on Friday, 8 July 2016 | 02:29


बलिउडका चर्चित ३ खान अहिले विवादस्पद बयान दिनबाट टाढा भाग्न थालेका छन् । सकारात्मक कुरालाई पनि मिडियाले नकारात्मक तरिकाले प्रस्तुत गरेर ठूलो विवादमा पारिदिएपछि खानहरु सजग देखिएका हुन् । बिहिबार इद पर्वको अवसरमा बलिउड नायक साहरुख खान मिडियालाई आफ्नो निवासमा बोलाए ।

उनले धेरै प्रश्नको उत्तर रमाइलो तरिकाले दिए । तर, मिडियाले सोधेको एक प्रश्नको उत्तर दिन मानेनन् । साहरुखलाई जब एक पत्रकारले ‘ढाकामा भएको चमरपन्थी हमला’को बारेमा सोधे, साहरुख केही सजग देखिए । उनले भने-‘गतबर्ष मेरो जन्मदिनमा पत्रकार र टीभीले मेरो सानो कुरालाई हंगामा बनाएका थिए ।

मैले जे बोलेको थिएँ, राम्रो कुरा भनेको थिएँ । यसैले अब यस्तो प्रश्न नगर्नुहोस् जसले मेरो इद नै खराब गरोस् ।’ साहरुखले आमिर र सलमानले कुस्तीको कथामा चलचित्र गरेपनि आफूले नगर्ने बताए । उनले आफूले अझै पर्दामा रोमान्स नै गर्ने बताए ।

साहरुखले सलमान र आमिरसँगै बसेर इद मनाउन मनपर्ने बताए । कान्छा छोरा अव्राहमसँगै फ्यानलाई अभिवादन गरेका साहरुखले मिडियासँग आफ्नो नयाँ चलचित्रको बिषयमा कुरा गरे । उनले इम्तियाज अलीको नयाँ चलचित्रमा अनुष्का शर्मासँग काम गर्न लागेको बताए । यस्तै, उनले चलचित्र ‘डीयर जिन्दगी’ नोभेम्बरमा आउने पनि बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger