|
|
मेरी दिदी करिव ३/४ वर्ष अगाडिदेखी नर्सको रुपमा ललितपुरको किष्ट पोलिक्लिनीक बालकुमारी खरीबोटमा काम गर्दै आईरहेकी थिइन् । काम गर्ने क्रममा सोही पोली क्लिनिकमा पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्रा.लिका संचालक मध्येका उमेशकुमार साहले मेरी दिदीलाई मन पराइरहेको रहेछ । केही वर्ष अगाडिदेखी दुइ बीच प्रेम सम्बन्ध प्रगाढ हुदै गईरहेको रहेछ ।
निज साहले र निमा डोल्मा लामाले पनि लभ परेको छ र विवाह गर्ने सम्मको कुरा चलेको छ भन्ने कुरा बताएकी थिइन् । सोही क्रममा क्लिनिक संचालक साह हाम्रो घर चरिकोट र दिदी डेरामा पनि बरम्बार आईरहने गर्दथे । त्यतिकैमा मेरी दिदी संचालकद्वयसंग सामान्य विवाद भएपछि १ वर्ष अगाडि उक्त पोली क्लिनिकको काम छोडी महाराजगंज, बाँसबारीमा रहेको वयलनेस हस्पिटलमा पार्ट टाइम काम गर्दै आएकी थिईन् ।
|
|
Post a Comment