Headlines News :
Home » » यस कारण लगाउछन् महिलाहरुले साउन महिनामा हातमा हरियो चुरा र मेहन्दी..

यस कारण लगाउछन् महिलाहरुले साउन महिनामा हातमा हरियो चुरा र मेहन्दी..

Written By news on Saturday, 16 July 2016 | 22:00

यस कारण लगाउछन् महिलाहरुले साउन महिनामा हातमा हरियो चुरा र मेहन्दी जसमा लुकेको रहस्य>>थाहा पाउनुहोस


अखबर पाना,,साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
पहिले गाउँघरमा मेहन्दी पाईंदैनथियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केला दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको काम गर्ने व्यसायीलाई भ्याईनभ्याई छ ।

साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा । ‘हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ । यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो’ समाजशास्त्री नीति अर्याल भन्नुहुन्छ, ‘तर पछिल्ला वर्षहरुमा यसले फेसनको रुप लिएको छ ।’

एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरु पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन् । ‘यसलाई बजारीकरणको रुपमा पनि लिन सकिन्छ’ अर्यालले भन्नुभयो ‘साउनमै चुरा पोते र मेहन्दीको व्यापार बढ्ने भएकाले व्युटीपार्लर व्यवसायी र मेहन्दी व्यवसायी यसलाई प्रमोशन गर्ने हिसाबले लागेका हुन्छन् ।’
यस्तो छ साउने संस्कृति

पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । ‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ संस्कृतिविद अधिकारीले भन्नुभयो ।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरु बताउँछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger