Headlines News :
Home » » यसरी बन्दैछ उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना..

यसरी बन्दैछ उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना..

Written By news on Friday, 1 July 2016 | 00:20


काठमाडौँ, १६ असार ।
 काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ ।

मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो एक लेन र मेट्रो दुई लेन रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ ।


आव २०७३÷०७४ को बजेट वक्तव्यमा उपत्यकामा मोनो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएअनुसार काम अघि बढाइएको बोर्डका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले राससलाई जानकारी दिए ।

“लगानी बोर्ड ऐनमा मोनो र मेट्रो रेल निर्माणको विषय उल्लेख नभएकाले मन्त्रिपरिषद् बैठकले निर्णय गरी काम गर्न तोकेको हो, यसअघि बोर्डको विसं २०७२ माघ १० को निर्णयअनुसार यो विषय मन्त्रिपरिषद्मा पुगेको थियो”– उनले भने।

यसअघि विसं २०६८ मा रेल विभागले कोरियाली कम्पनीमार्फत उपत्यकामा विद्युतीय मेट्रो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।मन्त्रालयबाट मन्त्रिपरिषद् हुँदै लगानी बोर्डमा पुगेको प्रतिवेदनका आधारमा दुई वर्षअघि नेपाल मेट्रो प्रालिले विस्तृत परियोजना विवरण निर्माणको इच्छा देखाएको थियो ।

सरकारको वित्तीय दायित्व नपर्ने गरी परियोजना विवरण निर्माणका लागि बोर्डले अनुमति दिएपछि कम्पनीले आफ्नै लगानीमा काम गर्ने हो भने निर्माण पनि गर्न पाउनुपर्ने माग गरेको थियो । बोर्डले निर्माणका लागि पहिले नै अनुमति दिन नसकिने भनेपछि कम्पनी बाहिरिएको थियो । रासस


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger