|
|
काठमाडौं:
उपत्यकामा आज बिहानदेखि जारी रहेको भारी वर्षाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर उड्ने सबै खाले हवाई सेवा प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण भिजिविलिटी कम भएपछि उडान प्रभावित बनेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको मौसम प्रतिकुल भएपछि तीन वटा विमानलाई अहिले डाइभर्ट गरिएको छ। साउदी अरेबियाको विमानलाई भारतको लखनौमा अवतरण गरिएको छ भने चीनबाट आएको विमानलाई उत्तै फर्काइएको छ। मौसम पूर्वानुमान महाशाखाका सुजन सुबेदीका अनुसार विहीबारदेखि नै भारी वर्षा भइरहेको र यो अब २-३ जारी रहने बताए ।
|
|
Post a Comment