Headlines News :
Home » » ओली हटाउन खोज्ने नेतालाई चीनको कडा चेतावनी, माओवादीमा खैलाबैला...

ओली हटाउन खोज्ने नेतालाई चीनको कडा चेतावनी, माओवादीमा खैलाबैला...

Written By news on Monday, 4 July 2016 | 02:56

चिनियाँ पदाधिकारीसँग कृष्ण महराको गोप्य भेटवार्ता

काठमाडौं, २० असार ।
 पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सक्रिय भएर लागेको छ ।
त्यसमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले साथ दिने संकेत देखाएको छ । यद्यपी तत्कालै सरकार छाड्ने पक्षमा भने माओवादीले निर्णय गरिसकेको छैन् ।
तर, माओवादीका दोस्रो तहका नेताहरु नेकपा एमाले नेतृत्वको सरकार ढाल्न दिनरात खटिरहेका छन् भने आफ्ना पार्टीका शीर्ष नेतामाथि दबाब दिइरहेका छन् । ती नेताहरुले छिमेकी राष्ट्रसँग पनि समन्वय गरिरहेका छन् ।

स्रोतका अनुसार यसमा भारतले सरकार ढाल्न सहयोग गर्ने संकेत दिइसकेको छ । किनकि यसअघि पनि सरकार ढाल्ने पुरै योजना भारतमा नै बनेको थियो ।
तर, उत्तरी छिमेकी चीनसँग वर्तमान सरकार ढाल्ने विषयमा माओवादीका दोस्रो तहका नेताहरुले छलफल गर्दा चिनियाँ अधिकारीले उल्टै कडा चेतावनी दिएका छन् ।

माओवादी नेता महरालाई के भने चिनियाँ अधिकारीले ?

स्रोतका अुनसार सत्ता समिकरण बदल्न सक्रिय चतुर खेलाडी एवं माओवादी नेता कृष्ण बहादुर महराले विशेष चिनियाँ प्रतिनिधिहरुसँग शनिबार राजधानीको याक एण्ड यति होटलमा तीन घण्टा लामो गोप्य छलफल गरेका थिए ।
भेटमा चिनियाँ प्रतिनिधिहरुले महरालाई केपी ओलीको विकल्प नखोज्न सुझाएको बुझिएको छ । उनीहरुले तत्काललाई सरकार परिवर्तन नेपालको लागि ठूलो अभिशाप हुने चेतावनी दिँदै सोही अनुरुप कदम चाल्न माओवादी केन्द्रलाई आग्रह गरेका थिए ।
चीनसँग खास सम्बन्ध राख्ने नेताको रुपमा परिचित महरालाई चिनियाँ पक्षबाटै त्यस्तो निर्देशन भएपछि उनी अहिले निकै अप्ठ्यारो परिस्थितिमा रहेको स्रोतको दावी छ ।
आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड सहमतीय सरकारको नेतृत्व गर्न कस्सिरहेको अवस्थामा चीनले तत्काललाई प्रचण्डको नेतृत्वमा सरकार बनाउनेतर्फ सकारात्मक प्रतिक्रिया नदिएपछि माओवादी केन्द्रमा यतिवेला खैलाबैला मच्चिएको छ ।

ओली सरकारको पक्षमा किन उभियो चीन ?
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि चीन नेपालसँग नजिकिएको हो । उक्त भ्रमणका बेला पारवाहनदेखि लिएर रेल निर्माणसम्म महत्वपूर्ण सम्झौता चीन र नेपालबीच भयो । ती सम्झौताहरु कार्यान्वयनका लागि चीन ओली सरकार रहिरहोस् भन्ने चाहन्छ । र नेपाल समृद्ध भएको देख्न चाहन्छ । चीनका लागि पूर्व राजदूत महेश मास्के भन्छन्– नेपालमा चीनले राजनीतिक स्थीरता र समृद्धि चाँहेको छ ।
मास्केको भनाई अनुसार समृद्ध नेपालको नारा अहिले ओलीले दिएका छन् । विकासका योजना अघि सारेका छन् । जसकारण चीन वर्तमान सरकार हटाउनु हुँदैन भन्ने पक्षमा छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger