Headlines News :
Home » » फेरी बाढीले ६० घर बगायो अलपत्रको उद्धार पुरा पढ्नुस..

फेरी बाढीले ६० घर बगायो अलपत्रको उद्धार पुरा पढ्नुस..

Written By news on Saturday, 9 July 2016 | 22:57


चौतारा, २४ असार ।
 भोटेकोसी नदीमा मङ्गलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ । बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका
करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकप्टरले आज अपराह्न बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । तातोपानी र लिपिङ बजारमा उच्च जोखिममा रहेका करिब २०० घरमध्ये अझै करिब डेढ सय घर उच्च जोखिममा छन् ।

 नदीको बहाब बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्था रहे सडक छेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो । बाढीले तातोपानी गाविस लार्चास्थित सीमा प्रहरी कार्यालय समेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् ।

 त्यहाँ आश्रय लिइरहेकामध्ये ४०÷५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो । बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत् खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको प्रजिअ गोकर्णमणि दुवाडीले बताउनुभयो ।

बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्की सडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ । नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्ण रुपमा शून्य भएको छ । बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुङ्गे पुल बगाएको थियो । बाढीले माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई क्षति पु¥याउनाका साथै विद्युत्गृहका साथै चार सवारी साधन बगाएको थियो । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger