Headlines News :
Home » » ब्वायफ्रेण्डलाई भन्न नहुने ४ कुरा पद्नुस

ब्वायफ्रेण्डलाई भन्न नहुने ४ कुरा पद्नुस

Written By news on Sunday, 5 June 2016 | 22:25

प्रेमको सुरुवाती अवस्थामा कुनैपनि प्रेमिकाले आफ्नो प्रेमीसँग मन खोलेर सप्पै चिज भन्न चाहन्छन् । केही कुरा पनि नलुकाईकन ब्वायफ्रेण्डको मन जित्ने धूनमा उनीहरुले आफु नै नांगिएको पत्तो पाउँदैनन् । मनभित्र गुम्सिएका सबै कुराहरु, भावना तथा इमोसनहरु ब्वायफ्रेण्डसँग तुरुन्तै शेयर गर्दछन् । तर कहिलेकाहीँ यो इमान्दारी तथा सक्रियता उनीहरुका लागि निकै भारी पर्दछ । र, यसले तपाइँको ब्वायफ्रेण्डसँगको सम्बन्धलाई मजबुत पार्नुको साटो झनै टाढा पूराइदिन्छ । त्यसैले महिला मित्रहरु यदि तपाइँ कुनै केटासँग प्रेमको सुरुवाती अवस्थामा हुनुहुन्छ भने यी चार कुरा ऊसँग नगर्नुस्ः

 तपाइँ मेरो पूर्वप्रेमी जस्तै देखिनुहुन्छः कुनैपनि केटालाई आफ्नो गर्लफ्रेण्डले आफुलाई उसको भुपु प्रेमीसँग दाँजेको मन पर्दैन ।
यदि तपाइँले यस्तो कुरा आफ्नो नयाँ प्रेमीसँग गर्नुभयो भने उसमा तपाइँप्रतिको विश्वास घट्नेछ र टाढा हुन थाल्नेछ ।

 तपाइँले लगाएको भन्दा तपाइँका साथीले लगाएका कपडा कति राम्राः
 विचार गर्नुस् की तपाइँले जति प्रसंसा तथा तारिफ गर्नुछ आफ्नै ब्वायफ्रेण्डको गर्नुस् । जति नै नराम्रो किन नहोस् ऊलाई अरुभन्दा त नपार्नुस् । यदि तपाइँले आफ्नो ब्वाय फ्रेण्डलाई तिमीले लगाएको कति नसुहाएको, तिम्रो साथीहरुले कति राम्रोसँग लगाउँछन्, भन्ने जस्ता कुरा लगातार सुनाउनुभयो भने उसले दिक्क मान्नेछ । दिक्क मात्र होइन, तपाइँले प्रसंसा गरेको उसको साथी र तपाइँबीचमा समेत शंका गर्न सुरु गर्नेछ ।

 हामीले बच्चाको नाम के राख्ने ?:
 मानौँ की तपाइँ ब्वाय फ्रेण्डप्रति नतमस्तक हुनुहुन्छ तरपनि विवाह र बच्चा पाउने कुरा यति छिटै नगर्नुस् । केटाहरु विवाहको कुरामा प्रायः डराउँछन् । तपाइँको बच्चासम्मको सोधाइले उसमा बढि दबाब महसुस हुन्छ र तपाइँसँग टाढिन खोज्दछ । तपाइँका साथीहरु मलाई मन पर्दैन: तपाइँलाई उसले मन पराउँछ । तर तपाइँका लागि आफ्ना साथीहरु गुमाउन चाहँदैन । उसको आनीबानीलाई देखेर तपाइँमा रिस उठ्नसक्छ तर आफ्नो सम्बन्धको भलाइका लागि चुप रहनु बेस हुन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger