काठमाडौं । राहदानी लिन हतार भएकाहरुका लागि सरकारले सहज व्यवस्था गरिदिएको छ । सरकारले आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन अतिरिक्त दस्तुर तोकेर यस्तो व्यवस्था गरिदिएको हो । यसअघि राहदानी लिन दश हजार तिर्दा एक हप्ता र पाँच हजार तिर्दा एक महिना कुर्नुपर्ने अवस्था रहेकोमा बिहीबार बसेको मन्त्रिपरिषदले आवेदन प्राप्त भएको २४ घन्टाभित्र राहदानी पाउने निर्णय गरेको हो । त्यसका लागि अब १५ हजार सेवाग्राहीले बुझाउनुपर्नेछ । साथै, दुई दिनभित्रका लागि १२ हजार र तीन दिनभित्रका लागि १० हजार रकम तोकिएको छ भने दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ । सरकारको यो निर्णय हेर्दा उपभोक्तालाई दिइने सेवा सर्वसुलभ भन्दा पनि बढी राजश्व कसरी संकलन गर्ने भन्ने रणनीति देखिन्छ । सरकारले हालै जारी गरेको बजेटमा पाँच खर्ब रुपियाँ भन्दा बढीको राजश्वको लक्ष्य लिएकोमा अर्थविद्देखि व्यवसायीसम्मले लक्ष्य पूरा गर्न कठिन रहेको बताइरहेको बेला सरकार राजश्व बढाउने उपायतर्फ लागेको देखिन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment