Headlines News :
Home » » ८२ वर्षपछि एसएलसीमा कोही फेल भएनन !!..

८२ वर्षपछि एसएलसीमा कोही फेल भएनन !!..

Written By news on Thursday, 16 June 2016 | 05:00

काठमाडौं, २ जेठ । एसएलसी परीक्षाको परीक्षाफल सार्वजनीक भएको छ । एसएलसी परीक्षामा ८२ वर्ष पनि कुनै पनि विद्यार्थी फेल भएका छैनन् । यस अघि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले प्रथम,द्वित्तीय र तृतिय श्रेणीमा वर्गाीकरण गर्ने गरेको थियो । यस वर्षबाट यो क्रम तोडिएको छ ।

पहिलो पटक सरकारले ग्रेडीङ प्रणालीमा नतिजा सार्वजनीक गर्ने निर्णय गर्दै कोही पनि विद्यार्थी फेल नहुने बताएको थियो । यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ ।
चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेको छ । ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । यस वर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा सहभागी भएका थिए ।
गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए । जसमा दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र रहेको थिए ।

आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए । प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger