|
|
उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली कांग्रेस र मधेसवादी दल समेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । नागरिकले सरकार फेरिएको भन्दा पनि सरकारले काम गरेको हेर्न चाहेको बताउँदै उहाँले सबै दल मिलेर पुननिर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बिजुक्छेले छिटो छिटो सरकार परिवर्तनको खेलले नागरिकमा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दुतहरुको चलखेल सुरु भएको दाबी गर्नुभयो ।
सरकार परिवर्तन बारे एमाले र माओवादी केन्द्रबिच भद्र सहमति भएको भन्ने कुरा बाहिर आएको भएपनि प्रधानमन्त्री ओली भने यही सरकारमा कांग्रेस लगायत अन्य दलहरुलाई समेट्ने प्रयासमा लागेको बताउनुभयो । भारतले नेपालमा स्थिरता नचाहेको बताउँदै उहाँले देशमा अस्थिरता निम्तनुमा ठूला दलका ठुला नेता जिम्मेवार रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले सरकरले प्रस्तुत गरेको बजेट विदेशी सहयोग र अनुदानमा निर्भर रहेको बताउनुभयो । उहाँले बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा पनि विदेशीको सहयोगमा निर्भर रहेकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भरमुखी रहेको बताउनुभयो । बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसदबाट यस सम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताउनुभयो । प्रतिक्रिया दिनुहोस
|
|
Post a Comment