Headlines News :
Home » » अाेखलढुङगामा एउटा यस्ताे बिवाह :

अाेखलढुङगामा एउटा यस्ताे बिवाह :

Written By news on Wednesday, 1 June 2016 | 23:25

जेठ;२०
ओखलढुंगाको कारागाभित्रै एक जोडि बैबाहिक बन्धनमा बाँधिएका छन् । ०६४ सालदेखी कारागारमा जेल जिवन विताइरहेका प्रकाश कट्वाल र गणतन्त्र दिवसका दिन जेलबाट छुटेकी धनुका कार्की आज बैवाहिक बन्धनमा बाधिएका हुन् । कर्तव्य ज्यान मुद्दामा ०६३ सालदेखी सजाय काटीरहेकी कार्की गणतन्त्र दिवसमा ४० प्रतिशत सजाय मिनाहा भएपछि छुटेर जेल जीवन विताइरहेका प्रकाश कट्वालसँग आज कारागारमै औपचारिक विवाह गरेका हुन् ।

विवाहमा केटा र केटी पक्षका अभिभावक, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाह , सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र जेलर जानुका न्यौपानेको उपस्थितिमा विवाह गरेका थिए ।

दुवै जना जेलमा रहँदै ०६६ सालदेखी प्रेम गरेको र आफ्नो प्रेम सफल भएको बेहुली धनुका कार्कीले बताउनुभयो । जेलबाट छुटेपछि सामाजिक रुपमा अपहेलित हुनु नपरोस भनेर आफुले जेलमै रहेका केटासँग प्रेम गरेर विवाह गरेको दावी गर्नुभयो ।

बेहुला प्रकाश कट्वालको जवरजस्ती करणीको मुद्दामा अझै दुई वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको छ । दुवै जना कारागार आएपछि प्रेममा परेको प्रकाशले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले विश्वव्यापी रुपमा खुल्ला कारागारका. अवधारण प्रयोगमा आउन थालिसकेकाले कारागारमै विवाह गरेकाले आफु खुसी रहेको बताउनुभयो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger