|
|
विश्वमा अनेकौँ गाउँ छन् जो आफ्नो खेती, सरसफाई, सुन्दरता, साँस्कृतिक विशेषता जस्ता अरु थुप्रै कुराबाट प्रख्यात छन्।
तर विश्वमा केही यस्ता गाउँ पनि छन् जो अनौठा कारणले प्रख्यात छन्।
१. ‘किड्नी भ्याली’, होक्से, नेपालः
यस्तै अनौठो कारणले प्रख्यात गाउँमा नेपालको काभ्रेको होक्से गाउँ पनि परेको छ। तर विडम्बना हाम्रो देशको गाउँ कुनै राम्रो कुराका कारण प्रख्यात भएको भने होइन। होक्सेका अधिकांस मानिस एक मृगौला लिएर बाँचेका छन्। गाउँका प्रायः मानिसले पैसाका लागि आफ्नो एउटा मृगौला बेचेका कारण होक्से ‘किड्नी भ्याली’ नामबाट प्रख्यात भएको छ। यस विषयमा डेलीमेल अनलाइनले एक वर्ष अघि एक रिपोर्ट पनि प्रकाशित गरेको थियो।
२. कुंग फु गाउँ, तिआन्झु, चीनः
यो एक गाउँ हो जहाँ सबैलाई कुंग फु आउँछ। यो गाउँका मानिस भेट्न धेरै पर्यटक जाने गर्छन्। यहाँका मानिस आफ्ना लागि आवश्यक सामान आफैँ निर्माण तथा उत्पादन गर्छन्।
३.आफ्नै सूर्य भएको गाउँ, भिगानेला, इटालीः
मिलानको एक गहिरो घाटीको तल रहेको यो गाउँ यति गहिरो स्थानमा छ कि जाडो महिनामा सूर्यको किरण नै पर्दैन। यसैले स्थानीय इन्जिनियर र केही आर्किटेक्ट मिलेर यहाँ एक ठूलो ऐना बनाएका छन् जसबाट सूर्यको किरण परावर्तन भएर गाउँमा पुग्छ। यसैले यो आफ्नै सूर्य भएको गाउँको रुपमा प्रख्यात छ।
४.ढोका नभएको गाउँ, शनि सिंगनापुर, महाराष्ट्र, भारतः
यो गाउँका कसैको पनि घरमा ढोका छैन। शनि महाराजले आफ्नो रक्षा गर्ने विश्वासका साथ यहाँका मानिस आफ्ना घरमा ढोका राख्दैनन्।
५. होचा मानिसको गाउँ, यांसी, सिचुआन, चीनः
यो गाउँका आधा जसो मानिस औसत उचाइभन्दा धेरै कमका छन्। गाउँका प्रत्येक ८० जनामा ३६ जनाको उचाइ दुई फिट एक इन्चदेखि ३ फिट दश इन्चसम्म मात्र छ।
|
|
Post a Comment